Namaste Icon
Ad
Ad

ओलीले ‘सुदुरपश्चिमको इञ्चार्ज लेखराज भट्ट नै हुन्’ भनेपछि....

ओलीले ‘सुदुरपश्चिमको इञ्चार्ज लेखराज भट्ट नै हुन्’ भनेपछि....

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले सुदुरपश्चिम प्रदेशको इञ्जार्च लेखराज भट्ट नै हो भनेपछि बालकोटमा ओली र भिम रावलबीच चर्काचर्की भएको छ । १० बुँदे समझदारीका आधारमा पार्टी एकता गर्ने भन्दै ओली एमालेमा छिरेका रावललाई आइतबार ओलीले ‘सबक’ सिकाई दिएका हुन् । ओलीले १० बुँदे सहमतिको सिर्जनात्मक प्रयोग गर्ने भन्दै सुदुरपश्चिम प्रदेशको इञ्चार्ज रावल नभएर भट्ट नै रहेको स्पष्ट पारिदिएका थिए ।

ओलीको कुरा सुनेपछि रावलले १० बुँदे समझदारी अनुसार अघि बढ्नुपर्ने भनेका थिए । तर ओलीले जेठ २ पुनः नफर्कने भन्दै रावललाई जवाफ लगाएका थिए । ओलीको जवाफपछि बालकोटमा ओली र रावलबीच केहिबेर चर्काचर्की परेको थियो । सुदूरपश्चिम प्रदेशको समस्याबारे छलफल गर्न उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरु भट्ट र कर्ण थापा बालकोट पुगेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

एमालेमा निष्ठावान कार्यकर्ताका लागि ढोका बन्द हुँदै गएको अनुभुती भयो : नविना लामा

काठमाडौं । अनेरास्ववियुकी पूर्व केन्द्रीय कमिटी अध्यक्ष एवम् प्रतिनिधि सभा सांसद नविना लामाले नेकपा (एमाले)मा निष्ठावान कार्यकर्तालाई न्यायको ढोका बन्द गरिएको बताएकी छन् । उनले अहिलेको जटिल परिस्थितीमा पनि हाम्रो पार्टी एमालेमा विभेदले सिमा नाघेको आफूलाई अनुभूति भएको बताउँदै सामाजिक सञ्जाल फेसबुकमा चाकडीवाद मुर्दावाद समेत भनेकी छन् ।

अनेरास्ववियूको २३औं महाधिवेशन चैतमा, केन्द्रीय कमिटी पनि पुनर्गठन

ललितपुर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको २३औं महाधिवेशन आगामी चैतमा हुने भएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालयको बैठकले चैत २२ देखि २४ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन सम्मका लागि सुनिता बराल अध्यक्ष, आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष र समीप बराल महासचिव रहने गरी केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस