Namaste Icon
Ad
Ad

युएस ओपन पुरुष सिंगलको उपाधि ड्यानियल मेडभेडेभलाई

युएस ओपन पुरुष सिंगलको उपाधि ड्यानियल मेडभेडेभलाई

काठमाडौं । यूएस ओपन २०२१ अन्तर्गत पुरुष सिंगलतर्फकाे उपाधि रसियाका ड्यानियल मेडभेडेभले जितेका छन् । विश्व नम्बर १ नोभाक जोकोभिचलाई पराजित गर्दै मेडभेडेभले करियरकै पहिलो ग्रान्ड स्ल्याम उपाधि उचालेका हुन् ।

न्यू योर्कस्थित आर्थुर आशे स्टेडियममा आइतवार राति सम्पन्न खेलमा मेडभेडेभले जोकोभिचलाई ६–४, ६–४ र ६–४ को सोझो सेटमा पराजित गरेका हुन् । यसै वर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बेल्डन गरी तीन ग्रान्ड स्ल्याम जितेका जोकोभिचले यूएस ओपन उपाधि जित्दै इतिहास बनाउन भने सकेनन् । पछिल्लो पटक जोकोभिच सन् २०२० को रोलान्ड गारोस फाइनलमा राफाएल नाडालसँग पराजित भएका थिए।

Ad

सम्बन्धित समाचारहरु

आईपीएलका बाँकी खेल आजदेखि

आईपीएलका बाँकी खेल आजदेखि

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बाँकी खेल आजदेखि सुरु हुँदैछ । कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको खेल यूएईमा आजदेखि सुरु लागेको हो । आईपीएलमा ३१ खेल बाँकी छन् । आजको खेलमा बेलुका पौने आठ बजे चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

एएफसी वुमेन्स एसियाकप छनोट खेलमा नेपाल–फिलिपिन्स भिड्दै

काठमाडाैं । एएफसी वुमेन्स एसियाकप छनोट खेलमा आज शनिबार नेपालले फिलिपिन्सको सामना गर्दैछ । उज्बेकिस्तानको तास्केन्टमा हुने खेल नेपाली समयअनुसार दिउँसो तीन बजेर ४५ मिनेटमा सुरु हुनेछ । एएफसी वुमेन्स एसियाकप छनोटको समूह ‘एफ’ मा नेपाल र फिलिपिन्ससँगै हङकङ रहेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस