Namaste Icon
Ad
Ad

एमसीसीविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै विप्लव नेकपा

एमसीसीविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै विप्लव नेकपा

काठमाडौं । राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले आज सोमबार राजधानी काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । प्रदर्शनसहित अपराह्न १२ बजे डुडिँखेलस्थित खुलामञ्चमा खबरदारी सभाको आयोजना हुने उक्त पार्टीका नेताहरूले जानकारी दिएका छन् ।

गत शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी तीनरचार वर्षअघि सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भन्दै सरकारले एमसिसीजस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाएका थिए । एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आइतबार अमेरिका फर्किसकेकी छन् । उनको नेपाल भ्रमणको क्रममा पनि काठमाडौंसहितका सहरमा प्रदर्शन भएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

एमालेमा निष्ठावान कार्यकर्ताका लागि ढोका बन्द हुँदै गएको अनुभुती भयो : नविना लामा

काठमाडौं । अनेरास्ववियुकी पूर्व केन्द्रीय कमिटी अध्यक्ष एवम् प्रतिनिधि सभा सांसद नविना लामाले नेकपा (एमाले)मा निष्ठावान कार्यकर्तालाई न्यायको ढोका बन्द गरिएको बताएकी छन् । उनले अहिलेको जटिल परिस्थितीमा पनि हाम्रो पार्टी एमालेमा विभेदले सिमा नाघेको आफूलाई अनुभूति भएको बताउँदै सामाजिक सञ्जाल फेसबुकमा चाकडीवाद मुर्दावाद समेत भनेकी छन् ।

अनेरास्ववियूको २३औं महाधिवेशन चैतमा, केन्द्रीय कमिटी पनि पुनर्गठन

ललितपुर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको २३औं महाधिवेशन आगामी चैतमा हुने भएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालयको बैठकले चैत २२ देखि २४ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन सम्मका लागि सुनिता बराल अध्यक्ष, आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष र समीप बराल महासचिव रहने गरी केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस