Namaste Icon
Ad
Ad

सुर्खेतमा माओवादीले जिम्मेवारी टुंगो लगायो, चिङ्गाडमा जित बहादुर राना ईन्चार्ज

सुर्खेतमा माओवादीले जिम्मेवारी टुंगो लगायो, चिङ्गाडमा जित बहादुर राना ईन्चार्ज

खगेन्द्र हमाल, सुर्खेत । नेकपा माओवादी केन्द्रले सुर्खेत जिल्लाका बिभिन्न नगर तथा गाउँपालिकाहरुमा जिम्मेवारी टुंगो लगाएको छ।नेकओआ माओवादी केन्द्र कर्णाली प्रदेशको बैठकले प्रदेश कमिटी सदस्यलाई पालिका इन्चार्ज नभएको ठाउँमा प्रदेश प्रतिनिधि को रुपमा इन्चार्जको जिम्मेवारी तोकेको चिङ्गाड गाउँपालिका ईन्चार्ज जित बहादुर राना (रन्जित) ले बताए।

जिम्मेवारी पाउनेहरुमा चौकुने गाउपालिकाको ईन्चार्जमा खड्क बहादुर बिश्वकर्मा, पन्चपुरी नगरपालिकाको ईन्चार्जमा धनबहादुर बिक , बराहाताल गाउँपालिकाको ईन्चार्जमा ईश्वरी भक्त सुनार, वीरेन्द्रनगर नगरपालिकाको ईन्चार्जमा दानसिंङ सुनार, लेकबेशी नगरपालिकाको ईन्चार्जमा सिता नेपाली रहेका छन।

त्यसैगरी भेरिगङ्गा नगरपालिकाको ईन्चार्जमा नन्दबहादुर कार्की, गुर्भाकोट नगरपालिकाको ईन्चार्जमा ठम्मर बिष्ट, चिङ्गाड गाउँपालिकाको ईन्चार्जमा जितबहादुर राना र
सिम्ता गाउँपालिकाको ईन्चार्जमा झुप बहादुर बुढालाई जिम्मेवारी तोकिएको छ।


जिम्मेवारी प्राप्त ईन्चार्जहरुले भाद्र ३० गते भित्र पालिका भित्रका पार्टी सदस्यता नवीकरण गरिसक्नु पर्नेछ।असोज १० सम्म पार्टी सेल र टोल भेला गर्नुपर्ने छ।असोज २० गते वडा सम्मेलन र कार्तिक ६ मा पालिका सम्मेलन सम्पन्न गरि मंसिरमा प्रदेश र पौषमा राष्ट्रिय सम्मेलन को कार्यक्रम गर्ने माओवादी केन्द्रले टुंगो लगाए पछी सोही अनुसार प्रदेशको कार्यक्रम बनेको चिङ्गाडका ईन्चार्ज तथा माओवादी केन्द्र कर्णालीका नेता जित बहादुर रानाले बताए।

Ad

सम्बन्धित समाचारहरु

सामाजिक विभेद खेप्दै दुर्गममा काम गर्ने स्वास्थ्यकर्मी

बैतडी । डडेल्धुरा घर भएकी अनमी भागरथी जोशी बैतडीको शिवनाथ गाउँपालिका ६ स्थित कानली प्रसुती सेवा केन्द्रमा काम गर्छिन् । दुई बर्ष पहिला करार सेवामा काम गर्न थालेकी जोशीले गाउँमा विभिन्न सामाजिक विभेद खेप्नुपरीरहेको छ । शुरुमा गाउँमा आउँदा कोठा नै नपाएपछि उनी अहिले प्रसुती सेवा केन्द्रकै भवनमा डेरा गरेर बसेकी छिन् । उनले भनिन् ‘महिनावारी भएको बेलामा गोठमा बस्नुपर्छ । शौचालय प्रयोग गर्न पाइदैन भनेपछि म प्रसुती सेवा केन्द्रकै भवनमा बसीरहेकी छु ।’

अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित, संयाेजकमा रोशन ज्ञवाली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अर्घाखाँची-काठमाडौं सम्पर्क मंच युबा संघको संयाेजकमा रोशन ज्ञवाली चयन भएका छन् । अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्चका नेताहरु माधवकुमार नेपाल नेतृत्वको पार्टी (नेकपा समाजवादी) पार्टीमा गएसँगै सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित भएसँगै संयाेजकमा रोशन ज्ञवाली चयन भएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस