Namaste Icon
Ad
Ad

एमसीसी खारेजीको लागि अखिल क्रान्तिकारीले निर्णायक आन्दोलन गर्छ : पन्चा सिंह

एमसीसी खारेजीको लागि अखिल क्रान्तिकारीले निर्णायक आन्दोलन गर्छ : पन्चा सिंह

खगेन्द्र हमाल, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीकी उपाध्यक्ष पन्चा सिंहले एमसीसी खारेजका लागि अनेरास्ववियू क्रान्तिकारीले निर्णायक आन्दोलन गर्न तयार रहेको बताएकी छन। अनेरास्ववियू क्रान्तिकारी सुर्खेत जिल्लाको २२औं जिल्ला सम्मेलनमा आफ्नो भनाई राख्दै पन्चा सिंहले एमसीसी परियोजना तत्काल खारेज गर्नका लागि निर्णायक आन्दोलन गर्न आफूहरु तयारी अवस्थामा रहेको बताएकी हुन ।

उपाध्यक्ष सिंहले सम्पूर्ण यूवा विद्यार्थीलाई राष्ट्रिय स्वाधिनताका पक्षमा एकजुट भएर अगाडि बढ्न आग्रह गर्दै अबको विद्यार्थी आन्दोलन फरक तरिकाले अगाडि बढाइने समेत बताइन । अबको विद्यार्थी आन्दोलनको मुख्य नेतृत्व अनेरास्ववियू क्रान्तिकारीले गर्ने भन्दै एमसीसी परियोजनाका विरुद्धमा पनि निर्णायक आन्दोलन अनेरास्ववियू क्रान्तिकारीकै हुने सिंहको भनाइ रहेको थियोे ।

Ad

सम्बन्धित समाचारहरु

सामाजिक विभेद खेप्दै दुर्गममा काम गर्ने स्वास्थ्यकर्मी

बैतडी । डडेल्धुरा घर भएकी अनमी भागरथी जोशी बैतडीको शिवनाथ गाउँपालिका ६ स्थित कानली प्रसुती सेवा केन्द्रमा काम गर्छिन् । दुई बर्ष पहिला करार सेवामा काम गर्न थालेकी जोशीले गाउँमा विभिन्न सामाजिक विभेद खेप्नुपरीरहेको छ । शुरुमा गाउँमा आउँदा कोठा नै नपाएपछि उनी अहिले प्रसुती सेवा केन्द्रकै भवनमा डेरा गरेर बसेकी छिन् । उनले भनिन् ‘महिनावारी भएको बेलामा गोठमा बस्नुपर्छ । शौचालय प्रयोग गर्न पाइदैन भनेपछि म प्रसुती सेवा केन्द्रकै भवनमा बसीरहेकी छु ।’

अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित, संयाेजकमा रोशन ज्ञवाली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अर्घाखाँची-काठमाडौं सम्पर्क मंच युबा संघको संयाेजकमा रोशन ज्ञवाली चयन भएका छन् । अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्चका नेताहरु माधवकुमार नेपाल नेतृत्वको पार्टी (नेकपा समाजवादी) पार्टीमा गएसँगै सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित भएसँगै संयाेजकमा रोशन ज्ञवाली चयन भएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस