Namaste Icon
Ad
Ad

एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन

एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन

विराटनगर । नेकपा (एकीकृत समाजवादी) को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । प्रदेश संसदीय दलको बैठकले राईलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

एमाले विभाजनपछि निर्वाचन नेकपा एसलाई नयाँ पार्टीको मान्यता दिने निर्वाचन आयोगको निर्णयसँगै प्रदेश १ सभाका १० जना सांसदले एमाले त्यागेका थिए । आज प्रदेशसभा सचिवालमा संसदलीय दलको नेचा चयनसम्बन्धी जानकारी गराउने सो दलको तयारी छ ।

Ad

सम्बन्धित समाचारहरु

सामाजिक विभेद खेप्दै दुर्गममा काम गर्ने स्वास्थ्यकर्मी

बैतडी । डडेल्धुरा घर भएकी अनमी भागरथी जोशी बैतडीको शिवनाथ गाउँपालिका ६ स्थित कानली प्रसुती सेवा केन्द्रमा काम गर्छिन् । दुई बर्ष पहिला करार सेवामा काम गर्न थालेकी जोशीले गाउँमा विभिन्न सामाजिक विभेद खेप्नुपरीरहेको छ । शुरुमा गाउँमा आउँदा कोठा नै नपाएपछि उनी अहिले प्रसुती सेवा केन्द्रकै भवनमा डेरा गरेर बसेकी छिन् । उनले भनिन् ‘महिनावारी भएको बेलामा गोठमा बस्नुपर्छ । शौचालय प्रयोग गर्न पाइदैन भनेपछि म प्रसुती सेवा केन्द्रकै भवनमा बसीरहेकी छु ।’

अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित, संयाेजकमा रोशन ज्ञवाली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अर्घाखाँची-काठमाडौं सम्पर्क मंच युबा संघको संयाेजकमा रोशन ज्ञवाली चयन भएका छन् । अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्चका नेताहरु माधवकुमार नेपाल नेतृत्वको पार्टी (नेकपा समाजवादी) पार्टीमा गएसँगै सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित भएसँगै संयाेजकमा रोशन ज्ञवाली चयन भएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस