Namaste Icon
Ad
Ad

नेप्सेमा झिनो अंकको वृद्धि

नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.२७ बिन्दुले उकालो लागेर दुई हजार ९४७.६९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ ०.५५ बिन्दुले बढेर ५४८.८७ मा पुगेको छ ।कूल २२६ कम्पनीको एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर रु नौ अर्ब २९ करोड पाँच लाख ५४ हजार १५५ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब २५ अर्ब ४६ करोड ८६ लाख ४० हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लागेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १६.८१, व्यापार २९.५३, होटल तथा पर्यटन ४.१३, विकास बैंक ४.३५, वित्त २.५, निर्जीवन बीमा १९८.८६ र जीवन बीमा ८५.८४ बिन्दुले बढेको छ । यस्तै, जलविद्यसत् ९०.५६, उत्पादन ९३.८, अन्य ८.१७, लघुवित्त ३१.०४, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.६४ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६१ करोड ९३ लाख ५० हजार ७९३ बराबरको कारोबार भयो । युनाइटेड मोदी हाइड्रोपावर रु ४७ करोड ५७ लाख ७४ हजार ५८३, नेशनल हाइड्रोपावर रु ३४ करोड ३० लाख १५ हजार ९७०, नबिल बैंक रु ३० करोड ७३ लाख ५६ हजार ७८२ र अपि पावर रु २८ करोड ३५ करोड ५४ हजार ४५५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

नेप्सेमा अजोड अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, सानिमा लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावर ४.१६ र एनआरएन इन्फ्रस्ट्रक्चरको शेयरधनीले ४.०७ प्रतिशतले कमाए । त्यस्तै, कालिका पावर कम्पनी ६.४७, रैराङ हाइड्रोपावर ५.६२, ग्रीनलाइफ इन्स्योरेन्स ५.३६, यूनिभर्सल पावर ५.१३ र माउण्टेन हाइड्रो नेपालका शेयरधनीले ५.०४ प्रतिशतले गुमाए ।

Ad

सम्बन्धित समाचारहरु

नेपाली सामाग्री विश्व बजारमा पुर्याउने अभियानको सुरु

काठमाडौं । किनबेच विजनेस डटकमले डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्रीहरुलाई विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भ गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयेजना गरेर किनबेच विजेनस डटकमको औपचारिक उद्घाटन गरिएको हो । उक्त प्ल्याटफर्मले ‘एक घर, एक उद्योग’ मिशनका साथ नेपाली युवाहरुलाई रोजगरी तथा विजनेस गर्न प्रेरित गर्नुको साथै मार्गदर्शनसमेत दिने भएको कम्पनीका सिइओ विश्वास बडुले जानकारी दिए । उनकाअनुसार प्रत्येक दिन पन्ध्र सयभन्दा बढिको संख्यामा विदेशिन बाध्य भएका युवाहरुलाई नेपालमै उद्योग सञ्चालन गर्न प्रेरित गर्ने कम्पनीले लक्ष्य बोकेको छ । उक्त प्ल्याटफर्ममार्फत प्रत्येक नेपालीको आयस्रोतमा वृद्धि हुने र नेपाल समृद्व हुनेपनि दाबी गरिएको छ ।

मेगा बैंकले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने

मेगा बैंकले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकहरुलाई ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो । ग्राहकहरुले मेगा बैंकको मुद्दती खातामा बार्षिक ९ दशमलव ५५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । यसैगरी, बचत खातामा ६ दशमलव ०५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । जुन अहिले वित्तीय बजारमा चलिरहेको सर्वाधिक ब्याजदर मध्येको एक हो ।

Ad

प्रतिक्रिया दिनुहोस