Namaste Icon
Ad
Ad

कांग्रेस नुवाकोट क्षेत्र न १ को क्षेत्रीय सचिवमा युवा नेता सुबन गिरीको उम्मेदवारी

कांग्रेस नुवाकोट क्षेत्र न १ को क्षेत्रीय सचिवमा युवा नेता सुबन गिरीको उम्मेदवारी

नुवाकोट । नेपाली कांग्रेसका युवा नेता सुबन गिरीले कांग्रेसको १४औं महाधिवेशनमा नुवाकोट जिल्ला क्षेत्र न १ को क्षेत्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । लामो समय देखि नेपाली कांग्रेस पार्टीमा सक्रिय राजनीति गर्दै आएका गिरीले नुवाकोट जिल्ला क्षेत्र न १ को क्षेत्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

नुवाकोट जिल्ला सुर्यगढी गाउँपालिका वडा न ४ हल्देकालिकामा जन्मिएका सुबन गिरी निडर एवम बौद्धिक ब्यक्तित्वमा आफ्नो छबि बनाएका युवा नेता हुन । उनीसँग पार्टीको विभिन्न जिम्मेवारीमा रहि काम गरेको अनुभव छ । उनी हाल नेपाल तरुण दल नुवाकोट जिल्ला कार्यसमिति सचिव एवम बीपी स्टडी युथ सर्कल बाग्मती प्रदेश अध्यक्ष समेत रहेका छन । सामाजिक सेवामा अति नै रुचि राख्ने नेता गिरिले देशभरी नै थुप्रै सामाजिक कार्यक्रमहरु सन्चालन गर्दै आएका छन । उनी पार्टीको नेतृत्व युवा पुग्नुपर्छ भन्ने कुरामा जोड दिंदै आएका छन ।

Ad

सम्बन्धित समाचारहरु

सामाजिक विभेद खेप्दै दुर्गममा काम गर्ने स्वास्थ्यकर्मी

बैतडी । डडेल्धुरा घर भएकी अनमी भागरथी जोशी बैतडीको शिवनाथ गाउँपालिका ६ स्थित कानली प्रसुती सेवा केन्द्रमा काम गर्छिन् । दुई बर्ष पहिला करार सेवामा काम गर्न थालेकी जोशीले गाउँमा विभिन्न सामाजिक विभेद खेप्नुपरीरहेको छ । शुरुमा गाउँमा आउँदा कोठा नै नपाएपछि उनी अहिले प्रसुती सेवा केन्द्रकै भवनमा डेरा गरेर बसेकी छिन् । उनले भनिन् ‘महिनावारी भएको बेलामा गोठमा बस्नुपर्छ । शौचालय प्रयोग गर्न पाइदैन भनेपछि म प्रसुती सेवा केन्द्रकै भवनमा बसीरहेकी छु ।’

अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित, संयाेजकमा रोशन ज्ञवाली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अर्घाखाँची-काठमाडौं सम्पर्क मंच युबा संघको संयाेजकमा रोशन ज्ञवाली चयन भएका छन् । अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्चका नेताहरु माधवकुमार नेपाल नेतृत्वको पार्टी (नेकपा समाजवादी) पार्टीमा गएसँगै सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित भएसँगै संयाेजकमा रोशन ज्ञवाली चयन भएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस