Namaste Icon
Ad
Ad

बिष्णु माझीकाे स्वर रहेको अर्को मार्मीक गीत सार्वजनिक (भिडियोसहति)

बिष्णु माझीकाे स्वर रहेको अर्को मार्मीक गीत सार्वजनिक (भिडियोसहति)

काठमाडौं ।  !मन अब तँ अबुझ नबन्दे
भुल्दे बिन्ति सक्दिन नभन्दे
न त माया न घटे चोट् मेरा
अब कहिले हास्लान् र ओठ मेरा
घटाउन खोज्छु माया घट्दैन
आकास भन्दा फराकिलो सपना अट्ने आखामा दुई थोपा आँसु पनि किन अट्दैन ।

यी मार्मीक शब्द गीतकार सन्ध्या केसीले लेखेको गीत ‘दूई थोपा आशु’ मा समावेश छन् । विगत लामो समय देखि चर्चित गीत लेख्दै आएकी गीतकार सन्ध्या केसीको शब्दमा नयाँ गीत बजारमा आएको छ । लोकप्रिय गायिका बिष्णु माझी र रामदास गोपालीको स्वरमा रहेको सो गीत रामु खड्का नामको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा चर्चित संगितकार रामु खड्काको लय तथा संगित रहेको छ ।

गीतको भिडियोमा जस्मिन कार्कीसँगै चर्चित मोडल बिनोद श्रेष्ठ र हिरा रन्पालको अभिनय रहेको छ । गोर्खाली चेली जस्मिन कार्कीले यो गीत मार्फत नै नेपाली गीत संगितमा डेब्यु गरेकी छन् । मोफसल मै बसेर संघर्ष गरिरहेकी कार्कीलाई नयाँ पुस्तालाई पनि अवसर दिनुपर्छ भन्ने मान्यताले पहिलो पटक नेपाली लोक दोहोरीमा डेब्यु गराएको गायक राम गोपालीले बताएका छन । यस अघि निकै चर्चा कमाएको गीत स्वर्ण पदकको भाग २ को रुपमा यो गीत सार्वजनिक भएको हो ।

Ad

सम्बन्धित समाचारहरु

कमेडी च्याम्पियन सिजन–२ को विजेता बने भरतमणि पौडेल

कमेडी च्याम्पियन सिजन–२ को विजेता बने भरतमणि पौडेल

काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन्। शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन् । कमेडी च्याम्पियन सिजन-२ को वजेता भएसँगै भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

सरकारले गायिका विष्णु माझीलाई विभुषण प्रदान गर्ने

सरकारले गायिका विष्णु माझीलाई विभुषण प्रदान गर्ने

काठमाडौं । सरकारले गायिका विष्णु माझीलाई विभुषण प्रदान गर्ने भएको छ । नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका माझीलाई सरकारले विभुषण दिने तयारी गरेको हो । विभुषण प्रदान गर्ने सूचिमा उनको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस