Namaste Icon
Ad
Ad

उदयपुरमा खुल्यो ३ करोड लगानीमा कर्मदीप पशु तथा कृषि फार्म, कृषि कलेज बनाउने उद्देश्य

उदयपुरमा खुल्यो ३ करोड लगानीमा कर्मदीप पशु तथा कृषि फार्म, कृषि कलेज बनाउने उद्देश्य

काठमाडौं । उदयपुर जिल्ला अदालतमा वहस पैरवीको काम गरिरहेका दिपक बस्नेतले २०७४ सालमा कृषिमा हात हाले । आफ्नै माटोमा केहि गर्नुपर्छ भन्ने मान्यताले बस्नेतले कृषि हात हालेको बताए । उनले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वाड नम्बर २ को मथियाईमा रहेको ४ विघाहा जग्गामा कर्मदीप पशु तथा कृषि फार्म सञ्चालनमा ल्याए । सो फार्ममा माछा, लोकल कुखुरा , बोइलर कुखुरा, बंगुर, बट्टाई, गाई, राँगा, बाख्रा, सिजन अनुसारको तरकारी तथा फल–फूल पनि पाईने एकिकृत कृषि फर्म सञ्चालन गरिरहेका बस्नेतले जानकारी दिए । उनको फार्ममा उन्नत जातको घाँस पनि खेती गरिएको छ । ​उनका अनुसार ३ करोड लगानीमा सञ्चालन गरेको सो फार्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी १५ जना भन्दाले रोजगारी पाएका छन । फार्मले त्रियुगा नगरपालिका मात्र होइन पुरै उदयपुर जिल्ला तथा यस जिल्लाको सिमानामा रहेका खोटाङ्ग भोजपुर ओखलढु्ङ्गा सिराहा, सप्तरी, सुनसरी, सोलुखुम्बु लगाएतका जिल्लाहरुका मानिसलाई समेत सेवा दिइरहेको व्यवसायी बस्नेतले बताए ।

यो फार्म उदयपुरको सवैभन्दा ठुलो फार्म भएको सञ्चालक बस्नेतको दावी छ । व्यवसायीक रुपमा रोजगारी सृजना गर्ने उद्देश्यले फार्म खोलिएको बताउदै बस्नेतले भने, ‘मैले दीर्घकालिन योजना बनाएर फार्म सञ्चालन गरेको हु । यो फार्म कृषिका सवै क्षेत्रलाई समेटेर कृषि कलेजको रुपमा विकास गर्ने लक्षय रहेको छ ।’ उनले कृषि फार्म सँगै मिनी रिसोर्ट बनाउने उनले बताए ।

उनले २०७४ सालको निर्वाचनमा आएको जन जागरण र निर्वाचनमा प्रयोग भएको नारा ‘गाँउ गाँउमा सिंहदरवार’ को कारण कृषिमा हात हालेको बताए । उनले भने, ‘अब देशमा केहि राम्रो हुन्छ । साँच्चिकै गाँउ गाँउमा सिंहदरबार आउछ, हरेक गाँउको पहिचार थप बलियो बन्छ । स्थानीय उत्पादनले प्राथमिकता पाउछन भनेर कृषि मा हात हाले तर परिवेश वदलियो मैले सोंचेको जस्तो अवस्था रहेन ।’ कृषि भनेपछि जो कोहिले पनि नाक खुम्च्याउने प्रवृति भएको कारण सो प्रवृतिलाई कम गर्न सकिने अवस्था छैन । सरकारले किसानहरूलाई अनुदान रकम दिने क्रममा पहुँचको भरमा सक्कली किसानहरुलाई भन्दा नक्कली किसानहरूलाई दिने गरेको बस्नेतको गुनासो रहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

४१ विश्व खाद्य दिवस : स्वस्थ्य मानिसका लागि स्वच्छ खाद्यान्नको आवश्यकता

काठमाडाैं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका (पशुपक्षी तर्फका) सचिव डा. गोविन्द शर्माले मुलुक निर्माणका लागि स्वस्थ्य मानिसका लागि स्वच्छ खाद्यान्नको आवश्यकता रहेको बताए । नेपालमा मनाईने महिनाव्यापी ४१ औ विश्व खाद्य दिवसको आज भएको भर्चुअल उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । उनले स्वस्थ्य खानाका लागी कृषिलाई प्राथमिकतामा राख्नुपर्नेे कुरामा जोड दिँदै भने, 'विभिन्न कारणले कृषिबाट पलायन भएका युवा जनशक्तिलाई पुनः कृषिमा फर्काउनुपर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्छ ।’

अकबरे खुर्सानीबाट मनग्ये आम्दानी गर्दै अर्घाखाँचीका नारायण अधिकारी

माधव खनाल, अर्घाखाँची । जिल्लाको छ्त्रदेबका युवा नारायण अधिकारीले अहिले कृषि कार्यलाई महत्त्व दिंदै ५ महिना पहिले स्थानीय जातको खुर्सानीको खेति गर्न शुरु गरेका थिए । अन्य खेती गर्दा बाँदर र बंदेलको समस्या रहेको तर खुर्सानी खेतिमा यो समस्या नरहेकोले आफू खुर्सानी खेती तर्फ आकर्षित भएको उनले बताए । उनले घर नजिकै रहेको करीब १० रोपनी जग्गा भाडामा लिएर लगभग ४ हजार भन्दा धेरै डल्ले खुर्सानी (लोकल अकबरे) को विरुवा रोपेका थिए । हाल आएर उत्पादन शुरु भएकोमा आफू अत्यन्तै खुशी भएको उनले बताए । गरे हुँदो रहेछ भन्ने कुरा प्रमाणित भएको देखिन्छ । मासिक आम्दानि राम्रो भएको उनको भनाइ छ ।

Ad

प्रतिक्रिया दिनुहोस