Namaste Icon
Ad
Ad

नेपाल बैकको ब्याजदर बढ्यो

नेपाल बैकको ब्याजदर बढ्यो

काठमाडौं । नेपाल बैंकले निक्षेपको ब्याज दर बढाएको छ । बैंकले रिकरिङ निक्षेपको ब्याज दर ८ दशममलब शुन्य ५ प्रतिशत पुर्याएको छ। बैंकले निक्षेपमा बढीमा ७ दशमवम ५ प्रतिशतसम्म मात्र ब्याज दिँदै आएको थियो । नयाँ निक्षेप योजनाको विशेषताको रुपमा समान किस्ता, बचत अवधि ६ महिनादेखि १० बर्षसम्म हुनु र आवश्यक परेका बेलामा कर्जा सुविधा पाउनु रहेको छ । यो निक्षेपको भुक्तानी अग्रिम पनि हुने बैकले जनाएको छ ।


बैंकले बचत खातामा अधिकतम ४ दशमलब ५५ प्रतिशतसम्म ब्याज दिइरहेको छ । राष्ट्र बैंकले बचतको न्यूनतम ब्याज र मुद्दतिको अधिकतम ब्याजको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी हुन नहुने ब्यवस्था गरेको छ । अहिले तरलता अभाव बढ्दै गएको छ । सोही अनुसार बैंकले बचतको ब्याजसमेत बढाएको जनाएको छ । बैंकले ८४औं बार्षिकोत्सवका अवसरमा मोबाइल बैंकिग, इन्टरनेट बैंकिग, भिसा डेबिट कार्ड, डिम्याट, मेरो सेयर र सि–आस्वा लगायत निःशुल्क रुपमा उपलब्ध गराइरहेको पनि जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

बुद्धभूमि हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, क-कसले दिन पाउनेछन आवेदन ?

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले असोज ११ गतेबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले दोस्रो चरणमा १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्ने भएको हो ।जसमध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि तथा ६ प्रतिशतले हुने १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरि बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।

नेपाली सामाग्री विश्व बजारमा पुर्याउने अभियानको सुरु

काठमाडौं । किनबेच विजनेस डटकमले डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्रीहरुलाई विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भ गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयेजना गरेर किनबेच विजेनस डटकमको औपचारिक उद्घाटन गरिएको हो । उक्त प्ल्याटफर्मले ‘एक घर, एक उद्योग’ मिशनका साथ नेपाली युवाहरुलाई रोजगरी तथा विजनेस गर्न प्रेरित गर्नुको साथै मार्गदर्शनसमेत दिने भएको कम्पनीका सिइओ विश्वास बडुले जानकारी दिए । उनकाअनुसार प्रत्येक दिन पन्ध्र सयभन्दा बढिको संख्यामा विदेशिन बाध्य भएका युवाहरुलाई नेपालमै उद्योग सञ्चालन गर्न प्रेरित गर्ने कम्पनीले लक्ष्य बोकेको छ । उक्त प्ल्याटफर्ममार्फत प्रत्येक नेपालीको आयस्रोतमा वृद्धि हुने र नेपाल समृद्व हुनेपनि दाबी गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस