Namaste Icon
Ad
Ad

प्रेमिकाको अश्लिल फोटो सामाजिक सञ्जालमा पोष्ट गर्ने युवा पक्राउ

प्रेमिकाको अश्लिल फोटो सामाजिक सञ्जालमा पोष्ट गर्ने युवा पक्राउ

काठमाडौं । प्रेम सम्बन्धमा रहेको बखत खिचिएको अश्लिल फोटो, भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा एक जना प्रक्राउ परेका छन् । दोलखा बैतेश्वर ८ स्थायी घर भएका हाल, टोखा धनेश्वर बस्ने २३ वर्षीया सुजन जिरेललाई पाँचखालबाट पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखाले दिएको जानकारी अनुसार जिरेलले प्रेमीकासँग विवाद गरेर उनको मोबाइल खोसेर मोबाइलमा रहेको फोटो र भिडियो फेसबुक, इन्ट्राग्राम जस्ता सोसल साइटमा अपलोड गरेको थिए ।

महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार काठमाडौंमा बस्ने जिरेलकी प्रेमीकाले आइतबार महाशाखामा उजुरी दिएकी थिइन्। सम्बन्धमा हुँदा उनीहरुले एक अर्काको आइडी पासवर्ड पनि शेयर गर्ने गरेका थिए। यसको फाइदा उठाउँदै जिरेलले प्रेमीकाकै आइडीबाट अश्लिल भिडियो र फोटो अपलोड गरेका थिए।

काभ्रेको पाँचखालमा लुकी बसेको भन्ने सूचनाको आधारमा अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय काभ्रेले जिरेललाई प्रक्राउ गरेको हो। उनलाई विद्युतिय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ। उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

Ad

सम्बन्धित समाचारहरु

यी हुन् राष्ट्रपतिबाट पदक पाउने पत्रकार

यी हुन् राष्ट्रपतिबाट पदक पाउने पत्रकार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा पत्रकारितामा लागेर आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु-याउने वरिष्ठ पत्रकार तथा पत्रकारलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने भएकी छिन् । तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक पन्त र हरिबहादुर थापाले सुप्रबल जनसेवाश्री पाउने भएका छन् ।

आज कहाँ कहाँ छ, भारी वर्षा हुने सम्भावना ?

आज  कहाँ कहाँ छ, भारी वर्षा हुने सम्भावना ?

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (आइतबर बिहान) मौसम देशभर सामान्यतया सफादेखि आंशिक (धेरैजसो खुलेको, थोरै बादल लागेको) सम्म बदली छ। तत्काल कतै पानी परेको छैन । महाशाखाका अनुसार दिउँसो (बिहान १०-११ बजेदेखि साँझ ६ बजेसम्म) मौसम देशभर आंशिकदेखि सामान्य (७५ प्रतिशत बादल, बाँकी खुलेको) बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

Ad

प्रतिक्रिया दिनुहोस