Namaste Icon
Ad
Ad

गण्डकीमा तुलबहादुर गुरुङको अध्यक्षतामा एकीकृत समाजवादीकाे १ सय ३५ सदस्यीय प्रदेश कमिटी गठन

गण्डकीमा तुलबहादुर गुरुङको अध्यक्षतामा एकीकृत समाजवादीकाे १ सय ३५ सदस्यीय प्रदेश कमिटी गठन

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा तुलबहादुर गुरुङ चयन भएका छन् । प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बैठकले गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको हो ।

प्रदेश कमिटीको सचिवमा प्रतापलाल श्रेष्ठ, उपसचिवमा श्रीनाथ बराल रहेका छन् । कमिटीमा उपाध्यक्ष र महिला उप सचिव पद खालि राखिएको केन्द्रिय सदस्य चुडामणि जंगलीले जानकारी दिए । कमिटीमा केन्दी्रय सदस्य र जिल्ला अध्यक्षहरु पदेन रहने उनले बताए । बैठकले कमिटीहरु निर्माण गर्ने र पार्टीजीवनलाई थप व्यवस्थित बनाउँदै लैजाने निर्णय समेत गरको छ ।

Ad

सम्बन्धित समाचारहरु

एमालेमा निष्ठावान कार्यकर्ताका लागि ढोका बन्द हुँदै गएको अनुभुती भयो : नविना लामा

काठमाडौं । अनेरास्ववियुकी पूर्व केन्द्रीय कमिटी अध्यक्ष एवम् प्रतिनिधि सभा सांसद नविना लामाले नेकपा (एमाले)मा निष्ठावान कार्यकर्तालाई न्यायको ढोका बन्द गरिएको बताएकी छन् । उनले अहिलेको जटिल परिस्थितीमा पनि हाम्रो पार्टी एमालेमा विभेदले सिमा नाघेको आफूलाई अनुभूति भएको बताउँदै सामाजिक सञ्जाल फेसबुकमा चाकडीवाद मुर्दावाद समेत भनेकी छन् ।

अनेरास्ववियूको २३औं महाधिवेशन चैतमा, केन्द्रीय कमिटी पनि पुनर्गठन

ललितपुर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको २३औं महाधिवेशन आगामी चैतमा हुने भएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालयको बैठकले चैत २२ देखि २४ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन सम्मका लागि सुनिता बराल अध्यक्ष, आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष र समीप बराल महासचिव रहने गरी केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस