Namaste Icon
Ad
Ad

'एकदेशको कथा'को साथमा आए पूर्ण र लक्ष्मी (भिडियो)

'एकदेशको कथा'को साथमा आए पूर्ण र लक्ष्मी (भिडियो)

काठमाडौं । पूर्ण लम्साल र लक्ष्मी ओली अभिनित 'एकादेशको कथा' बोलको अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । यसअघि यी दुईको अभिनयमा रहेको 'भुलीदेउ' बोलको म्युजिक भिडियो केहि महिना अघि सार्वजनिक भएको थियो । भर्खरै सार्वजनिक नयाँ गीतमा गायक हिमाल सागरको स्वर, संगीत सुन्न सकिन्छ । गीतमा श्याम पराजुलीको शब्द रहेको छ भने संजय हमालले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।

गायक हिमाल सागरका अनुसार छायांकन एयरपोर्टनै २ घण्टा होल्ड गरेर गरिएको थियो । अमेरिकाको पिट्सबर्ग, पेन्सिलवेनियामा भिडियोको छायांकन भएको हो। सबै काम अमेरिकामा गरिएको यस भिडियोले बाहिर बसेर पनि स्तरिय भिडियो बनाउन सम्भव छ भन्ने पुस्टि गरेको निर्माण टिमले बताएको छ ।

प्रविन मानन्धरले सम्पादन गरेको यस भिडियोलाई दिलकृष्ण श्रेष्ठले निर्देशन गरेका हुन् । यमुना लम्साल प्रस्तुतकर्ता रहेको यस भिडियोको निर्मात्री बिष्णु मैनाली लम्साल हुन् । पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

 

Ad

सम्बन्धित समाचारहरु

कमेडी च्याम्पियन सिजन–२ को विजेता बने भरतमणि पौडेल

कमेडी च्याम्पियन सिजन–२ को विजेता बने भरतमणि पौडेल

काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन्। शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन् । कमेडी च्याम्पियन सिजन-२ को वजेता भएसँगै भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

सरकारले गायिका विष्णु माझीलाई विभुषण प्रदान गर्ने

सरकारले गायिका विष्णु माझीलाई विभुषण प्रदान गर्ने

काठमाडौं । सरकारले गायिका विष्णु माझीलाई विभुषण प्रदान गर्ने भएको छ । नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका माझीलाई सरकारले विभुषण दिने तयारी गरेको हो । विभुषण प्रदान गर्ने सूचिमा उनको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस