Namaste Icon
Ad
Ad

उत्पीडित जातीय मुक्ति समाजको जिल्ला कमिटी एकीकृत समाजवादीको भातृ संगठनमा समाहित

उत्पीडित जातीय मुक्ति समाजको जिल्ला कमिटी एकीकृत समाजवादीको भातृ संगठनमा समाहित

महेन्द्रनगर । नेपाल उत्पीडित जातीय मुक्ति समाज, कञ्चनपुरको सम्पूर्ण जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) को भातृ संगठनमा समाहित हुने भएको छ । जिल्ला अध्यक्ष बिनोद नेपाली को अध्यक्षता आज सम्पन्न बैठके यस्तो निर्णय गरेको हो । बैठकले प्रति आउजीको नेतृत्वमा ५१ सदस्यीय शुक्लाफाँटा नगर सम्मेलन आयोजक कमिटी पनि गठन गरेको छ ।

सो निर्णयले आफूलाई निकै उत्साहित बनाएको नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य उर्वादत्त पन्तले बताए । आज सम्पन्न जिल्ला कमिटीको प्रशिक्षणात्मक बैठकमा पार्टीका केन्द्रीय सदस्य उर्वादत्त पन्त, पार्टी जिल्ला सचिव रणबहादुर महरा, शुक्लाफांटा नगर वडाध्यक्ष दिलबहादुर बुढा , अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष माधब पन्त र अनेरास्ववियु नेता प्रज्वल कुवरले आ–आफ्नो धारण राखेका थिए ।

त्यस्तै, मुक्तिसमाजका नेताहरु प्रताप तिरुवा , आरपी सार्की , जोगि सिंह सोब , नामसरा सुनार, सर्जन सुनार, रनसिंह सुनार, मदन सेराल , नन्दलाल सुनार , कालुसिंह लुहार लगायतले सम्बोधन गरेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

सामाजिक विभेद खेप्दै दुर्गममा काम गर्ने स्वास्थ्यकर्मी

बैतडी । डडेल्धुरा घर भएकी अनमी भागरथी जोशी बैतडीको शिवनाथ गाउँपालिका ६ स्थित कानली प्रसुती सेवा केन्द्रमा काम गर्छिन् । दुई बर्ष पहिला करार सेवामा काम गर्न थालेकी जोशीले गाउँमा विभिन्न सामाजिक विभेद खेप्नुपरीरहेको छ । शुरुमा गाउँमा आउँदा कोठा नै नपाएपछि उनी अहिले प्रसुती सेवा केन्द्रकै भवनमा डेरा गरेर बसेकी छिन् । उनले भनिन् ‘महिनावारी भएको बेलामा गोठमा बस्नुपर्छ । शौचालय प्रयोग गर्न पाइदैन भनेपछि म प्रसुती सेवा केन्द्रकै भवनमा बसीरहेकी छु ।’

अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित, संयाेजकमा रोशन ज्ञवाली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अर्घाखाँची-काठमाडौं सम्पर्क मंच युबा संघको संयाेजकमा रोशन ज्ञवाली चयन भएका छन् । अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्चका नेताहरु माधवकुमार नेपाल नेतृत्वको पार्टी (नेकपा समाजवादी) पार्टीमा गएसँगै सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित भएसँगै संयाेजकमा रोशन ज्ञवाली चयन भएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस