Namaste Icon
Ad
Ad

एमसीसीले जनतालाई दुःख दिने भन्दै सम्झौता गर्न हुदैन : करिश्मा मानन्धर

एमसीसीले जनतालाई दुःख दिने भन्दै सम्झौता गर्न हुदैन : करिश्मा मानन्धर

काठमाडौं । सदावहार नायिका करिश्मा मानन्धरले एमसीसी सम्झौता गर्न नहुने बताएकी छिन् । देशमा यतिबेला अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बहसको विषय बनेको छ । सत्तारुढ दलहरु संसोधनसहितको एमसीसी संसदबाट पारित गराउन चाहेका छन् भने सत्ता बाहिरका दलहरु विरोधमा उत्रिरहेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एमसीसीले जनतालाई दुःख दिने आशय गरेकी हुन् । घरभित्र कलह निम्त्याउन नहुने उनको तर्क छ । उनले घरमा हात्ती ल्याएर घरकै मान्छे बाहिर बस्नु परेमा हात्ती ल्याउनुको के अर्थ भन्दै एमसीसीको विपक्षमा उभिएकी हुन् । घरभित्र कलह हुने तत्व भित्राउन नहुने उनको भनाई छ ।

 

Ad

सम्बन्धित समाचारहरु

कमेडी च्याम्पियन सिजन–२ को विजेता बने भरतमणि पौडेल

कमेडी च्याम्पियन सिजन–२ को विजेता बने भरतमणि पौडेल

काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन्। शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन् । कमेडी च्याम्पियन सिजन-२ को वजेता भएसँगै भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

सरकारले गायिका विष्णु माझीलाई विभुषण प्रदान गर्ने

सरकारले गायिका विष्णु माझीलाई विभुषण प्रदान गर्ने

काठमाडौं । सरकारले गायिका विष्णु माझीलाई विभुषण प्रदान गर्ने भएको छ । नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका माझीलाई सरकारले विभुषण दिने तयारी गरेको हो । विभुषण प्रदान गर्ने सूचिमा उनको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस