Namaste Icon
Ad
Ad

कविता : दलाल

कविता : दलाल
कुमार दाहाल

बजार हुँ म
बाँसुरी खरिद गर्दिन, धुन बेचिदिन्छु।
योग्य र अयोग्यको भीड चर्चामा ,
योग्यता बेचिदिन्छु ।
पैसा , धर्म मर्म कर्म विश्वास अबिस्वास हाे मेराे
मानिस खरिद गर्छु ,
आँसु बेचि दिन्छु।
फौबँजार हुँ म,
मूल्य बेचिदिन्छु ।
माया प्रेम आशा पिडा दुखकाे मूल्य खरिद गर्छु,
प्रेमी बेचिदिन्छु ।
धर्म ,विश्वास ,जनताको मत खरिद गर्छु
देश बेचिदिन्छु ।
कठोर होइन ,बजार हुँ म,
बजारमा विश्वास नगर्नेको,
स्वाभिमान बेचिदिन्छु ।
नेता, नीति र नेतृत्वको विवेककाे मुल्य मसँग छ,
क्रेता र विक्रेताको विवेक बेचिदिन्छु ।
बदनाम छैन बजार, मूल्य तयार छ,
मोलमोलाई बेचिदिन्छु ।
परिचय खुल्ला छ,
बजारको सीमा र परिधि छैन।
राजा र रैती आँसु र हासो पिडा र दुःख समान छन्,
हार र जितमा, जितमा विश्वास गर्छु,।
इच्छा खरिद गर्छु, हौसला बेचिदिन्छु ।
सबैसँग मेल छ
बेमेल बेचिदिन्छु ।
बजार हो म ,
स्वतंत्रता बेचिदिन्छु ।

Ad

सम्बन्धित समाचारहरु

प्रेस सेनानी अर्जुन ज्ञवालिको ‘हिमाल पारिको कथा’ विमोचन

वुटवल । प्रेस सेनानी अर्जुन ज्ञवालीबाट लेखिएको ‘हिमाल पारीको कथा’ यात्रा संस्मरण पुस्तक विमोचन गरिएको छ । संविधान सभाका सभासद नेत्र पन्थीले पुस्तक विमोचन गरेका हुन । पुस्तकको समीक्षा युवा साहित्यकार गिरी श्रीस र रामचन्द्र श्रेष्ठले गरेका थिए । पुरक समीक्षा भने बालकृष्ण भट्टराई, डा. बाबुराम ज्ञवाली, राजेन्द्रकुमार आचार्य, दिपक ज्ञवाली, डा सागर न्यौपानेले गरेका थिए ।

अवकाश

अवकाश

यौवनलाई साटेर दिनहरु सँग,पूर्वको उमंग सँग खेल्दैछु,अन्तरमा अदृश्य सँग संवाद गर्दै,कर्मको चाङ समेटेर ,आफैसँग लुकेको छ।कथाको पात्रझै लेखिएको यात्रामा ,नगराकाे अर्थहिन नेपथ्य संवादझै,आफैको गुञ्जन मा मस्त छु।नथाकेको आँटसँग चुनौतीको संवाद गर्दै,अव्यक्त भावमा कटेका कर्म गन्द्दु।निशब्द सम्बन्धहरु आँखै बाट ओझेल पर्दा,आफ्ना पनहरु भक्कानिन्छन् अाफै,प्रतिभा प्रतिस्पर्धा योग्यता चस्किन्छ।स्वाभिमान साटिएका कुण्ठाको पिडामा,रंगहीन उमंग व्यंग बन्छ।नाटकको विदूषक जस्तै बितेका भँगिमाहरु,स्वयमको विजयसँग पुनः रमाउँछन्।नदेखेको यौवन र जवानी सँग साटेको पलसँग,नजिकैको सुन्यता मनभरी हुन्छ,अव्यक्त।बियोग दुख्दैन आफन्तको,आशु फुकेको परेलाजस्तै,दृश्यबाट टाढिँदै जाँनेआशा संग खेल्छु।पुलकित हुन्छ बेलाबेला मन, संवाद गर्छु आफैसँग,सम्झन्छु दिनहरु त हुन् ,समय छैन जीवन भित्र,बाँचेकै थिए जीवन अव्यक्त भावमा जीवनसँग।

Ad

प्रतिक्रिया दिनुहोस