Namaste Icon
Ad
Ad

दीर्घ सोडारी चुनिए एकीकृत समाजवादीकाे सुदूरपश्‍चिम संसदीय दलको नेता

दीर्घ सोडारी चुनिए एकीकृत समाजवादीकाे सुदूरपश्‍चिम संसदीय दलको नेता

कैलाली । नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्‍चिम प्रदेश संसदीय दलको नेतामा दीर्घ सोडारी चुनिएका छन् । पार्टीको आज बसेको संसदीय दलको बैठकले सोडारीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

सोडारीलाई सर्वसम्मत दलको नेता चुनिएको एकीकृत समाजवादीका नेता तारा लामा तामाङले बताए । एमालेबाट विभाजन भई गठन भएको नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेश सभामा १४ सांसद छन् ।

 

Ad

सम्बन्धित समाचारहरु

सामाजिक विभेद खेप्दै दुर्गममा काम गर्ने स्वास्थ्यकर्मी

बैतडी । डडेल्धुरा घर भएकी अनमी भागरथी जोशी बैतडीको शिवनाथ गाउँपालिका ६ स्थित कानली प्रसुती सेवा केन्द्रमा काम गर्छिन् । दुई बर्ष पहिला करार सेवामा काम गर्न थालेकी जोशीले गाउँमा विभिन्न सामाजिक विभेद खेप्नुपरीरहेको छ । शुरुमा गाउँमा आउँदा कोठा नै नपाएपछि उनी अहिले प्रसुती सेवा केन्द्रकै भवनमा डेरा गरेर बसेकी छिन् । उनले भनिन् ‘महिनावारी भएको बेलामा गोठमा बस्नुपर्छ । शौचालय प्रयोग गर्न पाइदैन भनेपछि म प्रसुती सेवा केन्द्रकै भवनमा बसीरहेकी छु ।’

अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित, संयाेजकमा रोशन ज्ञवाली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अर्घाखाँची-काठमाडौं सम्पर्क मंच युबा संघको संयाेजकमा रोशन ज्ञवाली चयन भएका छन् । अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्चका नेताहरु माधवकुमार नेपाल नेतृत्वको पार्टी (नेकपा समाजवादी) पार्टीमा गएसँगै सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित भएसँगै संयाेजकमा रोशन ज्ञवाली चयन भएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस