Namaste Icon
Ad
Ad

टिकटक बनाउने क्रममा सेतीमा खसेर एक युवती बेपत्ता बेपत्ता

टिकटक बनाउने क्रममा सेतीमा खसेर एक युवती बेपत्ता बेपत्ता

दमौली । टिकटक बनाउने क्रममा सेतीमा खसेर एक युवती बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा शुक्लागण्डकी ८ तालिमकी १९ वर्षीया पवित्रा लम्साल छन् । प्रहरीका अनुसार पुलचोकस्थित रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी बेपत्ता भएकी हुन् ।

साथीभाइसँग मंगलबार दिउँसो पुगेकी उनले ढुंगामा उभिएर टिकटक बनाउने क्रममा चिप्लेर लडेको बताइन्छ। प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार युवती साथीहरुसँग गएकी थिइन्। नदीमा खसेर बेपत्ता हुनासाथ खोजी तीव्र पारिएको उनले बताए।

Ad

सम्बन्धित समाचारहरु

यी हुन् राष्ट्रपतिबाट पदक पाउने पत्रकार

यी हुन् राष्ट्रपतिबाट पदक पाउने पत्रकार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा पत्रकारितामा लागेर आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु-याउने वरिष्ठ पत्रकार तथा पत्रकारलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने भएकी छिन् । तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक पन्त र हरिबहादुर थापाले सुप्रबल जनसेवाश्री पाउने भएका छन् ।

आज कहाँ कहाँ छ, भारी वर्षा हुने सम्भावना ?

आज  कहाँ कहाँ छ, भारी वर्षा हुने सम्भावना ?

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (आइतबर बिहान) मौसम देशभर सामान्यतया सफादेखि आंशिक (धेरैजसो खुलेको, थोरै बादल लागेको) सम्म बदली छ। तत्काल कतै पानी परेको छैन । महाशाखाका अनुसार दिउँसो (बिहान १०-११ बजेदेखि साँझ ६ बजेसम्म) मौसम देशभर आंशिकदेखि सामान्य (७५ प्रतिशत बादल, बाँकी खुलेको) बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

Ad

प्रतिक्रिया दिनुहोस