Namaste Icon
Ad
Ad

काठमाडौंमै बोक्सी आरोपमा यातना, धामीसहित चारजना पक्राउ

काठमाडौंमै बोक्सी आरोपमा यातना, धामीसहित चारजना पक्राउ

काठमाडौं । संघीय राजधानीको ठुलो भर्याङमा झारफुक गरेर बोक्सी झार्ने नाममा एक महिलालाई चरम यातना दिइएको पाइएको छ । ललितपुरको लुभु घर भएकी ३० वर्षीया महिलालाई ‘बोक्सी’ आरोपमा यातना दिने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भई ठुलो भर्याङमा धामी काम गर्ने दिपेन्द्र कुमार थिङ, ललितपुरका जितेन्द्र महर्जन, नुवाकोटका जनार्दन पाण्डे र दशनारायण महर्जन छन । भदौ २१ मा पेट दुखेपछि ३० वर्षीया महिलाले आफ्ना पति जितेन्द्र महर्जनलाई अस्पताल लान आग्रह गरेकी थिइन् । तर, उनले मामा नाता पर्ने दशनारायणसँग मिलेर पत्नीलाई धामी दिपेन्द्र कुमार थिङकहाँ लगेका थिए ।


ट्याक्सीमा हालेर धामीकहाँ लगेपछि धामीसँग मिलेर चारजनाले ‘बोक्सी चढेको’ भन्दै हात जोड्न लगाएर निलडाम हुनेगरी ति महिलालाई कुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । यातना दिनेहरु बिरुद्ध काठमाडौं प्रहरीले बोक्सी आरोप कसुर सजाय ऐन अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । ट्याक्सी चालक जनार्दन पाण्डेले पनि कुटपिटमा भुमिका खेलेको अनुसन्धानमा संलग्न अधिकृतले दाबी गरेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

यी हुन् राष्ट्रपतिबाट पदक पाउने पत्रकार

यी हुन् राष्ट्रपतिबाट पदक पाउने पत्रकार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा पत्रकारितामा लागेर आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु-याउने वरिष्ठ पत्रकार तथा पत्रकारलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने भएकी छिन् । तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक पन्त र हरिबहादुर थापाले सुप्रबल जनसेवाश्री पाउने भएका छन् ।

आज कहाँ कहाँ छ, भारी वर्षा हुने सम्भावना ?

आज  कहाँ कहाँ छ, भारी वर्षा हुने सम्भावना ?

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (आइतबर बिहान) मौसम देशभर सामान्यतया सफादेखि आंशिक (धेरैजसो खुलेको, थोरै बादल लागेको) सम्म बदली छ। तत्काल कतै पानी परेको छैन । महाशाखाका अनुसार दिउँसो (बिहान १०-११ बजेदेखि साँझ ६ बजेसम्म) मौसम देशभर आंशिकदेखि सामान्य (७५ प्रतिशत बादल, बाँकी खुलेको) बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

Ad

प्रतिक्रिया दिनुहोस