# भर्खरै
Namaste Icon
Ad

अवकाश

अवकाश
कुमार दाहाल

यौवनलाई साटेर दिनहरु सँग,
पूर्वको उमंग सँग खेल्दैछु,
अन्तरमा अदृश्य सँग संवाद गर्दै,
कर्मको चाङ समेटेर ,आफैसँग लुकेको छ।
कथाको पात्रझै लेखिएको यात्रामा ,
नगराकाे अर्थहिन नेपथ्य संवादझै,
आफैको गुञ्जन मा मस्त छु।
नथाकेको आँटसँग चुनौतीको संवाद गर्दै,
अव्यक्त भावमा कटेका कर्म गन्द्दु।
निशब्द सम्बन्धहरु आँखै बाट ओझेल पर्दा,
आफ्ना पनहरु भक्कानिन्छन् अाफै,
प्रतिभा प्रतिस्पर्धा योग्यता चस्किन्छ।
स्वाभिमान साटिएका कुण्ठाको पिडामा,
रंगहीन उमंग व्यंग बन्छ।
नाटकको विदूषक जस्तै बितेका भँगिमाहरु,
स्वयमको विजयसँग पुनः रमाउँछन्।
नदेखेको यौवन र जवानी सँग साटेको पलसँग,
नजिकैको सुन्यता मनभरी हुन्छ,अव्यक्त।
बियोग दुख्दैन आफन्तको,आशु फुकेको परेलाजस्तै,
दृश्यबाट टाढिँदै जाँनेआशा संग खेल्छु।
पुलकित हुन्छ बेलाबेला मन, संवाद गर्छु आफैसँग,
सम्झन्छु दिनहरु त हुन् ,समय छैन जीवन भित्र,
बाँचेकै थिए जीवन अव्यक्त भावमा जीवनसँग।

Ad

सम्बन्धित समाचारहरु

'होला'

'होला'

👉️जन्म दिने आमा भए म नि गाउँमा आउथे होला,कालरात्रीमा संगै बसि म नि भजन गाउथे होला, वरपर साथीभाइको हालखबर सोध्दै खोज्दैउहाँहरुको माया ममता कति धेरै पाउंथे होला !!

कान्ती राणा सिंहको ‘चौरासी व्यञ्जन’ विमोचन

कान्ती राणा सिंहको ‘चौरासी व्यञ्जन’ विमोचन

काठमाडौं । कान्ती राणा सिंहको चौरासी व्यञ्जन पुस्तक असोज २४ गते आइतबार विमोचन गरिएको छ । काठमाडौंको बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा एक कार्यक्रमकाबीच उक्त पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा डा। आरजु राणा देउवा, वरिष्ठ अधिवक्ता लोक भक्त राणा र लेखककी आमा लक्ष्मी राज्यलक्ष्मी राणा सहभागी थिए । पुस्तकमा सल्याणी र राणाको भोजनका प्रकार र तयार पार्ने विधि सिकाइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad