# भर्खरै
Namaste Icon
Ad

प्रहरीले टिकटक चलाउन नपाउने

प्रहरीले टिकटक चलाउन नपाउने

ओखलढुंगा । जिल्लामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रूपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने/दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटक लगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रहरी कर्मचारी डिउटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोस्ट गर्नुपर्ने बताए ।


जिल्ला प्रहरी कार्यालय ओखलढुंगा तथा मातहतका प्रहरी इकाइमा कार्यरत ४५ जना प्रहरी कर्मचारीलाई प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता र सामाजिक सञ्जाल प्रयोगसम्बन्धी सचेत गराइएको जिल्ला प्रहरी प्रमुख काफ्लेले बताए । ‘प्रहरीले मनोरञ्जनमा लागेर अलमल गर्न त पाउँदैन । डिउटीको समयमा मोबाइल चलाएर टिकटक बनाएर बस्ने कुरा त झन स्वीकार्य हुँदैन’, उनले भने, ‘प्रहरी कर्मचारीले फेसबुक, ट्विटर, टिकटकलगायत आफ्नो हितको लागि भन्दा पनि सामाजिक हित र सकारात्मक सन्देश दिने खालका पोस्ट गर्नुपर्नेबारे सचेत गराएका छौँ ।’ देशका कतिपय ठाउँमा प्रहरी कर्मचारीले पोसाक वा हतियारको गलत प्रयोग गरेर टिकटक बनाएको पाइएकाले त्यस्ता गतिविधि प्रहरी आचारसंहिता विपरीत रहेकाले त्यसो नगर्न सचेत गराएको उनको भनाइ छ । कार्यक्रममा प्रहरीको काम कर्तव्यसम्बन्धी पनि समसामयिक विषयमासमेत छलफल भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

तीन दिनसम्म ब्याट्री टिक्ने नोकियाको स्मार्टफोन ‘सी३०’ सार्वजनिक

काठमाडाैं । एचएमडी ग्लोबलले ‘सी’ सिरिजमा नयाँ स्मार्टफोन ‘सी३०’ सार्वजनिक गरेको छ । कम्पनीले बिहीवार इन्ट्री लेभलको यो फोन भारतमा सार्वजनिक गरेको हो ।भारतको जियोसँग रणनीतिक साझेदारी गर्दै एचएमडी ग्लोबलले यो फोन बजारमा भित्र्याएको हो । हरियो र सेतो रङमा उपलब्ध यो फोन ३/३२ जीबी र ४/६४ भेरियन्टमा खरिद गर्न सकिन्छ, जसको मूल्य भारतमा क्रमश १०,९९९ भारू र ११,९९९ भारू तोकिएको छ । यो फोनमा एचडी प्लस रेजोलुसनसहित ६.८२ इन्चको ठूलो डिस्प्ले छ । डिस्प्लेको टपमा वाटर ड्रप नच दिइएको छ ।

वाईफाईकाे स्पीड दोब्बर बनाउन अपनाउनुस् यी उपाय

वाईफाईकाे स्पीड दोब्बर बनाउन अपनाउनुस् यी उपाय

काठमाडौं । प्रविधिको बढ्दो प्रयोगसंगै प्राय व्यक्तिको घरमा इन्टरनेट जडान गरिएको हुन्छ । तर कहिलेकाही इन्टरनेट स्लो भइदिंदा यसले तनाव पनि सिर्जना गर्छ । यदि तपाईँको घर या अपिसमा पनि वाईफाईको स्पीडमा समस्या भईरहेको छ भने केहि सजिलो किसिमले तपाईँले त्यसको स्पीड बढाउन सक्नुहुनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad