# भर्खरै
Namaste Icon
Ad

इन्टरनेटको मासिक शुल्क बढाउने सेवाप्रदायकको निर्णय

इन्टरनेटको मासिक शुल्क बढाउने सेवाप्रदायकको निर्णय

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको प्याकेजमा रु. तीन सय सम्म वृद्धि गर्ने निर्णय लिएका छन् । सेवाप्रदायकहरुको संस्था इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन (इस्पान)ले शुल्क वृद्धिको अनुमतिका लागि दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले पोल तथा ओपीजिडब्लु भाडादर सात गुणासम्म बढाएको भन्दै इस्पानले इन्टरनेटको शुल्क बढाउने निर्णय लिएको हो । संस्थाले हिजो प्राधिकरणलाई पठाएको पत्रमा सहरी क्षेत्रका प्रत्येक इन्टरनेट प्याकेजमा रु. एक सय ५० र ग्रामिण क्षेत्रमा तीन सयले वृद्धि गर्ने उल्लेख गरिएको छ ।

‘नेपाल विद्युत प्राधिकरणको सूचनापश्चात हामी निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुलाई मूल्यवृद्धि गर्नेबाहेक अरु कुनै पनि विकल्प बाँकी रहेन,’ पत्रमा भनिएको छ । प्राधिकरणले अनुमति दिनासाथ नयाँ शुल्क कार्यान्वयनमा आउने बताइएको छ ।

Ad

सम्बन्धित समाचारहरु

तीन दिनसम्म ब्याट्री टिक्ने नोकियाको स्मार्टफोन ‘सी३०’ सार्वजनिक

काठमाडाैं । एचएमडी ग्लोबलले ‘सी’ सिरिजमा नयाँ स्मार्टफोन ‘सी३०’ सार्वजनिक गरेको छ । कम्पनीले बिहीवार इन्ट्री लेभलको यो फोन भारतमा सार्वजनिक गरेको हो ।भारतको जियोसँग रणनीतिक साझेदारी गर्दै एचएमडी ग्लोबलले यो फोन बजारमा भित्र्याएको हो । हरियो र सेतो रङमा उपलब्ध यो फोन ३/३२ जीबी र ४/६४ भेरियन्टमा खरिद गर्न सकिन्छ, जसको मूल्य भारतमा क्रमश १०,९९९ भारू र ११,९९९ भारू तोकिएको छ । यो फोनमा एचडी प्लस रेजोलुसनसहित ६.८२ इन्चको ठूलो डिस्प्ले छ । डिस्प्लेको टपमा वाटर ड्रप नच दिइएको छ ।

वाईफाईकाे स्पीड दोब्बर बनाउन अपनाउनुस् यी उपाय

वाईफाईकाे स्पीड दोब्बर बनाउन अपनाउनुस् यी उपाय

काठमाडौं । प्रविधिको बढ्दो प्रयोगसंगै प्राय व्यक्तिको घरमा इन्टरनेट जडान गरिएको हुन्छ । तर कहिलेकाही इन्टरनेट स्लो भइदिंदा यसले तनाव पनि सिर्जना गर्छ । यदि तपाईँको घर या अपिसमा पनि वाईफाईको स्पीडमा समस्या भईरहेको छ भने केहि सजिलो किसिमले तपाईँले त्यसको स्पीड बढाउन सक्नुहुनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad