# भर्खरै
Namaste Icon
Ad

स्मार्टले ल्यायो ‘ग्रेटेस्ट जिबी प्लान’ : ३५ रुपैयाँमा १ जिबी डेलि डाटा

स्मार्टले ल्यायो ‘ग्रेटेस्ट जिबी प्लान’ : ३५ रुपैयाँमा १ जिबी डेलि डाटा

काठमाडौं । स्मार्ट टेलिकमले नेपालमा टेलिकम जगत मै पहिलोपटक ‘अब जमाना जिबीको’ भन्ने नारा सहित ‘बाई बाई एमबी’ क्याम्पेन अन्तर्गत ‘ग्रेटेस्ट जिबी प्लान’ प्रस्तुत गरेको छ । स्मार्ट टेलिकमले बढ्दो डाटा प्रयोगकर्ताहरुलाई मध्येनजर गर्दै सजिलै प्रयोग गर्न सकिने ‘ग्रेटेस्ट जिबी प्लान’ अन्तर्गत आकर्षक ३५ रुपैयाँमा १ जिबी डेलि डाटा तथा ९० जिबी १५०० रुपैयाँमा ९० दिनका लागि निःशर्त रुपमा फेसबुक, इन्स्टाग्राम, टिकटक, गेमिब लगायत सबै डिजिटल प्लाटफर्ममा प्रयोग गर्न सकिनेगरी ल्याएको हो ।

अझ कम र सहज मूल्यमा ‘ग्रेटेस्ट जिबी प्लान’मा ७ वटा फरक फरक डाटा प्लान रहेको छ । प्रयोगकर्ताहरुले स्मार्ट जिबी प्लान दैनिक प्रयोग, गेमिङ, वर्क फ्रम होम, मुभिहरु हेर्न सजिलै प्रयोग गर्न सक्दछन् । स्मार्ट टेलिकमले डाटा प्रयोगकर्ताहरुलाइ ‘ग्रेटेस्ट जिबी प्लान’ले सहजै जहाँ सुकै डाटा चलाउन, सधै इन्टरनेटमा जोडिन रहन टेवा पुर्याउने छ भनि विश्वास लिएको छ ।

डाटा खरिद गर्न स्माार्ट ग्राहकहरुले *141*8*1*1# डायल गर्नुपर्नेछ । ग्राहकहरुले थप जानकारीको लागि १४२४२/९६११००४२४२ मा सम्पर्क गर्न सक्ने छन् वा स्मार्ट टेलिकमको आधिकारिक फेसबुक पेज Facebook/SmartCellNepal वा www.smarttel.com.np मा लग इन गर्न सक्ने छन्

Ad

सम्बन्धित समाचारहरु

तीन दिनसम्म ब्याट्री टिक्ने नोकियाको स्मार्टफोन ‘सी३०’ सार्वजनिक

काठमाडाैं । एचएमडी ग्लोबलले ‘सी’ सिरिजमा नयाँ स्मार्टफोन ‘सी३०’ सार्वजनिक गरेको छ । कम्पनीले बिहीवार इन्ट्री लेभलको यो फोन भारतमा सार्वजनिक गरेको हो ।भारतको जियोसँग रणनीतिक साझेदारी गर्दै एचएमडी ग्लोबलले यो फोन बजारमा भित्र्याएको हो । हरियो र सेतो रङमा उपलब्ध यो फोन ३/३२ जीबी र ४/६४ भेरियन्टमा खरिद गर्न सकिन्छ, जसको मूल्य भारतमा क्रमश १०,९९९ भारू र ११,९९९ भारू तोकिएको छ । यो फोनमा एचडी प्लस रेजोलुसनसहित ६.८२ इन्चको ठूलो डिस्प्ले छ । डिस्प्लेको टपमा वाटर ड्रप नच दिइएको छ ।

वाईफाईकाे स्पीड दोब्बर बनाउन अपनाउनुस् यी उपाय

वाईफाईकाे स्पीड दोब्बर बनाउन अपनाउनुस् यी उपाय

काठमाडौं । प्रविधिको बढ्दो प्रयोगसंगै प्राय व्यक्तिको घरमा इन्टरनेट जडान गरिएको हुन्छ । तर कहिलेकाही इन्टरनेट स्लो भइदिंदा यसले तनाव पनि सिर्जना गर्छ । यदि तपाईँको घर या अपिसमा पनि वाईफाईको स्पीडमा समस्या भईरहेको छ भने केहि सजिलो किसिमले तपाईँले त्यसको स्पीड बढाउन सक्नुहुनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad