# भर्खरै
Namaste Icon
Ad

'हामी सपना बाँड्दैनौं, काम गरेर देखाउँछौं' : माधव नेपाल

'हामी सपना बाँड्दैनौं, काम गरेर देखाउँछौं' : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । मिनभवनस्थित केन्द्रीय कार्यालयको उदघाटनपछि अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले भने, ‘यो पार्टीले सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिर्छ । हामी बोलेर होइन, गरेर देखाउँछौं।’

अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने बताए । उनले भने, ‘आगामी चुनावमा गठबन्धनसँग तालमेल गरेर शक्ति विस्तार गर्छौं । हामी सपना बाँड्दैनौं, काम गरेर देखाउँछौं।’

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस महाधिवेशन सर्यो, यस्ताे छ नयाँ कार्यतालिका

कांग्रेस महाधिवेशन सर्यो, यस्ताे छ नयाँ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ गतेदेखि पुस १ गतेसम्म हुने भएको छ । यसअघि निर्धारित मंसिर ९ देखि १३ गतेसम्मको मितिमा महाधिवेशन नहुने निश्चित भएपछि निर्वाचन समितिले पुनः नयाँ कार्यतालिका बनाउँदै महाधिवेशनको मिति १८ दिन पर सारेको हो ।

एकीकृत समाजवादीकाे कार्यविभाजनमा कसलाई के जिम्मेवारी (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेता झलनाथ खनाललाई सम्मानित नेता तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकपछि जारी अन्तरा पार्टी निर्देशनमा यस्तो उल्लेख छ । 

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad