# भर्खरै
Namaste Icon
Ad

आमरण अनसनमा शेयर लगानीकर्ता, यी हुन् १६ बुँदे माग

आमरण अनसनमा शेयर लगानीकर्ता, यी हुन् १६ बुँदे माग

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माको राजीनामासहितका माग राख्दै सेयर बजारका लगानीकर्ताहरू आमरण अनसनमा छन् । बिहीबारदेखि पुँजी बजार सुधार सङ्घर्ष समितिले १६ बुँदे माग राख्दै अनिश्चिकालिन आमरण अनसन सुरु गरेका हुन् । पुँजी बजार र समग्र अर्थतन्त्र विरोधी भएको भन्दै लगानीकर्ताहरूले अर्थमन्त्री र गभर्नरलाई तत्काल बर्खास्त गर्न माग राखेका हुन् ।

गत सातादेखि नै विभिन्न माग राख्दै आन्दोलन, धर्ना एवं रिले अनसन गर्दै आएका लगानीकर्ताहरूले आफ्नो माग सम्बोधन नभएपछि आन्दोलनलाई थप चुस्त बनाउँदै अनिश्चितकालिन अनसन सुरु गरेका हुन् । पुँजी बजार सुधार सङ्घर्ष समितिका संयोजक आदित्य शिवाकोटीसहितका लगानीकर्ताहरूले आफ्नो माग पूरा नभएसम्म अनसन जारी राख्ने बताएका छन् ।

 

Ad

सम्बन्धित समाचारहरु

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ ।

'निजीलाई करोडपति र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम म गर्दिनँ'

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर निजी एयरलाइन्सलाई पोस्ने काम भएको बताएका छन् । उनले निजी एयरलाइन्ससँग सेटिङ गरेर उनीहरूलाई रातारात करोडपति बनाउने र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम आफूबाट नहुने उनले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad