# भर्खरै
Namaste Icon
Ad

सुदूरपश्चिममा एकीकृत समाजवादीबाट दुईजना मन्त्री नियुक्त

सुदूरपश्चिममा एकीकृत समाजवादीबाट दुईजना मन्त्री नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट दुईजना मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्री नियुक्त गरेका हुन् ।

शुक्रबार साँझ उनीहरूले पद तथा गोपनीयताको सपथ लिएको एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिए । तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् ।

Ad

सम्बन्धित समाचारहरु

काभ्रेमा कांग्रेसका जिल्ला सदश्य सागर खत्रीसहित ३३ जना नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेस काभ्रेका जिल्ला सदश्य सागर खत्रीसहित ३३ जना नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका छन् । अब देश हाक्ने पालो युवाको भन्दै देशव्यापी संगठन विस्तार गरिरहेको राप्रपा नेपालले एक कार्यक्रम आयोजना गरेर नवप्रवेशीलाई स्वागत गरेको राप्रपा नेपालका उपाध्यक्ष तथा जुझारु युवा नेता रामदास गोपालीले बताए । उपाध्यक्ष गोपालीका अनुसार कार्यक्रममा राप्रपा नेपालका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरी, महामन्त्रीद्धय स्वर्णीम समशेर भण्डारी र सुरेश नेपालले नवप्रवेशी नेता कार्यकर्ताहरु लाई स्वागत गरे ।

झारफुक गर्ने भन्दै घाँटी तथा शरीरको बिभिन्न भागमा टोकेर श्रीमती र छोरीको हत्या

विराटनगर । झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा इलाम प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलामको देउमाई नगरपालिका- ५ बारुङका ३३ वर्षीय कमल (पूर्णचन्द्र) तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad