# भर्खरै
Namaste Icon
Ad

एमाले प्रचार विभाग प्रमुखमा भट्टराई र प्रवक्तामा ज्ञवाली

एमाले प्रचार विभाग प्रमुखमा भट्टराई र प्रवक्तामा ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को प्रचार विभागको बैठक सम्पन्न भएको छ । आज पार्टी मुख्यालय थापाथलीमा बसेसको प्रचार विभागको बैठकले प्रवक्ताको जिम्मेवारीमा प्रदीप ज्ञवाली रहने र प्रचार विभागको प्रमुखमा भने योगेश कुमार भट्टराई नै रहने जनाईएको छ । यसअघि एमालेमा प्रवक्तामा को रहने भन्ने विवाद थियो ।

हालै बसेको एमाले स्थायी कमिटी बैठकमा भट्टराईले पार्टीको प्रवक्तामा ज्ञवाली नै रहने र आफू प्रचार विभागमा रहने बताएका थिए । एमालेमा एकताको लागि दश बुँदे सहमति गराउन भट्टराईले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । पछिल्लो समय उनी जिल्ला दौडमा समेत निस्किएका छन् ।

उनले माधव नेपालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसक्ने समेत दाबी गर्दै आएका छन् । र, माधव नेपालहरुले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसक्ने पनि दाबी गरेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस महाधिवेशन सर्यो, यस्ताे छ नयाँ कार्यतालिका

कांग्रेस महाधिवेशन सर्यो, यस्ताे छ नयाँ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ गतेदेखि पुस १ गतेसम्म हुने भएको छ । यसअघि निर्धारित मंसिर ९ देखि १३ गतेसम्मको मितिमा महाधिवेशन नहुने निश्चित भएपछि निर्वाचन समितिले पुनः नयाँ कार्यतालिका बनाउँदै महाधिवेशनको मिति १८ दिन पर सारेको हो ।

एकीकृत समाजवादीकाे कार्यविभाजनमा कसलाई के जिम्मेवारी (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेता झलनाथ खनाललाई सम्मानित नेता तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकपछि जारी अन्तरा पार्टी निर्देशनमा यस्तो उल्लेख छ । 

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad