# भर्खरै
Namaste Icon
Ad

एएफसी वुमेन्स एसियाकप छनोट खेलमा नेपाल–फिलिपिन्स भिड्दै

एएफसी वुमेन्स एसियाकप छनोट खेलमा नेपाल–फिलिपिन्स भिड्दै

काठमाडाैं । एएफसी वुमेन्स एसियाकप छनोट खेलमा आज शनिबार नेपालले फिलिपिन्सको सामना गर्दैछ । उज्बेकिस्तानको तास्केन्टमा हुने खेल नेपाली समयअनुसार दिउँसो तीन बजेर ४५ मिनेटमा सुरु हुनेछ । एएफसी वुमेन्स एसियाकप छनोटको समूह ‘एफ’ मा नेपाल र फिलिपिन्ससँगै हङकङ रहेका छन् ।

शनिबारको खेल छनोटको पहिलो प्रतिस्पर्धा हुनेछ । छनोटका तीन खेलपछि अंक तालिकाको शीर्ष स्थानमा रहेको टिमले एएफसी वुमेन्स एसियाकपमा प्रवेश पाउनेछ । बंगलादेशविरुद्धका दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलपछि यसै साता नेपाली टिम उज्वेकिस्तान पुगेको हो ।

Ad

सम्बन्धित समाचारहरु

साफ च्याम्पियनसीप उपविजेता नेपाली टिमलाई तरुण विभागद्धारा सम्मान

काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागद्धारा साफ च्याम्पियनको उपविजेता नेपाली टिमका खेलाडीहरुलाई सम्मान गरिएको छ । तरुण विभागले तरुण दलको ६८ औं स्थापना दिवसको अवसर पारेर बुधबार राजधानीमा सम्मान कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा खेलाडीलाई नगद १०–१० हजार र अफिसियल टिमका लागि ५–५ हजार पुरस्कार समेत प्रदान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले सरकारको तर्फबाट खेलाडीहरुले उच्च सम्मान रहेको बताए ।

अब्दुल्लाह अलमुताइरी थप तीन वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा रहने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) तीन वर्षको सम्झौता गरेका छन् । प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको जानकारी दिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad