# भर्खरै
Namaste Icon
Ad

अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित, संयाेजकमा रोशन ज्ञवाली

अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित, संयाेजकमा रोशन ज्ञवाली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अर्घाखाँची-काठमाडौं सम्पर्क मंच युबा संघको संयाेजकमा रोशन ज्ञवाली चयन भएका छन् । अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्चका नेताहरु माधवकुमार नेपाल नेतृत्वको पार्टी (नेकपा समाजवादी) पार्टीमा गएसँगै सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित भएसँगै संयाेजकमा रोशन ज्ञवाली चयन भएका हुन् ।

नारायण श्रेष्ठ संयोजक र रुपकुमार क्षेत्री सह संयोजक रहेको सम्पर्क कमिटी मा ६१ सदस्य, मालारानिको अनिल खनाल संयोजक टंक चौहान सह संयोजक (३१ सदस्यीय कमिटी) भुमिकास्थानमा सुभाष भट्टराई संयोजक(३१ सदस्यीय कमिटि) पाणिनी घनश्याम पोख्रेल संयोजक सागर भट्टराई सह संयोजक (३१ सदस्यीय कमिटी) सितगंगा मिलन विक संयोजक(३१ सदस्यीय कमिटी) रहेका छन् ।

यस्तै अनेरास्ववियूको हिमाला थापा संयोजक सुशील खनाल सहसंयोजक(३१ सदस्यीय कमिटी) युवासंघको रोशन ज्ञवाली संयोजक बिनोद कुँवर सह संयोजक(३१ सदस्यीय कमिटी) रहेका छन् । बाँकी रहेका पालिकालाइ चाडै पुर्णता दिने र दशैं अगावै सम्पुर्ण कमिटीको भेला सम्पन्न गर्ने निर्णय सहित भेला सम्पन्न भएको प्रकाश ज्ञवालीले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

काभ्रेमा कांग्रेसका जिल्ला सदश्य सागर खत्रीसहित ३३ जना नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेस काभ्रेका जिल्ला सदश्य सागर खत्रीसहित ३३ जना नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका छन् । अब देश हाक्ने पालो युवाको भन्दै देशव्यापी संगठन विस्तार गरिरहेको राप्रपा नेपालले एक कार्यक्रम आयोजना गरेर नवप्रवेशीलाई स्वागत गरेको राप्रपा नेपालका उपाध्यक्ष तथा जुझारु युवा नेता रामदास गोपालीले बताए । उपाध्यक्ष गोपालीका अनुसार कार्यक्रममा राप्रपा नेपालका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरी, महामन्त्रीद्धय स्वर्णीम समशेर भण्डारी र सुरेश नेपालले नवप्रवेशी नेता कार्यकर्ताहरु लाई स्वागत गरे ।

झारफुक गर्ने भन्दै घाँटी तथा शरीरको बिभिन्न भागमा टोकेर श्रीमती र छोरीको हत्या

विराटनगर । झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा इलाम प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलामको देउमाई नगरपालिका- ५ बारुङका ३३ वर्षीय कमल (पूर्णचन्द्र) तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad