# भर्खरै
Namaste Icon
Ad

राष्ट्रपतिद्वारा ५२३ जना कैदीबन्दीको सजाय माफी

राष्ट्रपतिद्वारा ५२३ जना कैदीबन्दीको सजाय माफी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदीबन्दीको सजाय माफी दिएकी छन् । राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले पूर्णबहादुर भनिने किशोर भण्डारी समेतका आठजनाको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय माफी गरेकी हुन् ।

त्यस्तै, हर्कबहादुर राई समेत ५२३ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ । नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतले २०७७ साउन १९ गते गरेको फैसलालगायत आधारमा मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुको कैद मिनाहा गरी माफी दिइएको हो । रासस

Ad

सम्बन्धित समाचारहरु

सिंहदरबारभित्र एक राउन्ड गोली चल्याे

सिंहदरबारभित्र एक राउन्ड गोली चल्याे

काठमाडौं । चेकजाँचको क्रममा आज मध्याह्नमा सिंहदरबारभित्र एक राउन्ड गोली फायर भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउन्ड गोली फायर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ ।

'प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउनुपर्छ'

'प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउनुपर्छ'

काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनालीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने अन्यथा उनीमाथि महाभियोग लगाउनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश पछिल्लो समय विवादमा तानिएको भन्दै मैनालीले उनलाई तत्काल राजीनामा दिन सुझाएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad