# भर्खरै
Namaste Icon
Ad

सामाजिक विभेद खेप्दै दुर्गममा काम गर्ने स्वास्थ्यकर्मी

सामाजिक विभेद खेप्दै दुर्गममा काम गर्ने स्वास्थ्यकर्मी

बैतडी । डडेल्धुरा घर भएकी अनमी भागरथी जोशी बैतडीको शिवनाथ गाउँपालिका ६ स्थित कानली प्रसुती सेवा केन्द्रमा काम गर्छिन् । दुई बर्ष पहिला करार सेवामा काम गर्न थालेकी जोशीले गाउँमा विभिन्न सामाजिक विभेद खेप्नुपरीरहेको छ । शुरुमा गाउँमा आउँदा कोठा नै नपाएपछि उनी अहिले प्रसुती सेवा केन्द्रकै भवनमा डेरा गरेर बसेकी छिन् । उनले भनिन् ‘महिनावारी भएको बेलामा गोठमा बस्नुपर्छ । शौचालय प्रयोग गर्न पाइदैन भनेपछि म प्रसुती सेवा केन्द्रकै भवनमा बसीरहेकी छु ।’

अनमी जोशीले सुरक्षित प्रसुती सेवा केन्द्रमा सुरक्षित प्रसुती सेवा दिँदै आएकी छिन् । सुरक्षित प्रसुती गराउँदा उनले ११ दिन सम्म गाउँमा अछुतो भएर बस्नुपर्ने अवस्था रही आएको छ । ‘मैले सुरक्षित प्रसुती सेवा केन्द्रमा कुनै आमाको सुत्केरी गराएमा ११ दिन सम्म अलगै बस्नुपर्ने हुन्छ । ११ दिन सम्म मैले मागेर पानी खानुपर्ने अवस्था रही आएको छ ।’

स्वास्थ्य संस्थामा सुत्केरी सेवा दिए बाफत सम्मान पाउनुको सट्टा विभेद खेप्नुपरेको अनमी जोशीले गुनासो गरिन् ।जिल्लाका दुर्गम ठाउँका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुले यस्तै खालका विभेदको समाना गर्नुपरीरहेको उनले सुनाइन् । उनले भनिन् ‘मैले मात्रै होइन् । अन्य ठाउँका साथीहरुले पनि यस्तै खालको विभेद खेप्नुपरीरहेको छ ।’ गाउँघरमा अझै पनि सुत्केरी भएको बेला आमाहरुलाई नछुने चलन भएकाले आमाहरुले विभिन्न खालका समस्याहरु खेप्नुपरीरहेको अनमी जोशीले बताइन ।

Ad

सम्बन्धित समाचारहरु

काभ्रेमा कांग्रेसका जिल्ला सदश्य सागर खत्रीसहित ३३ जना नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेस काभ्रेका जिल्ला सदश्य सागर खत्रीसहित ३३ जना नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका छन् । अब देश हाक्ने पालो युवाको भन्दै देशव्यापी संगठन विस्तार गरिरहेको राप्रपा नेपालले एक कार्यक्रम आयोजना गरेर नवप्रवेशीलाई स्वागत गरेको राप्रपा नेपालका उपाध्यक्ष तथा जुझारु युवा नेता रामदास गोपालीले बताए । उपाध्यक्ष गोपालीका अनुसार कार्यक्रममा राप्रपा नेपालका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरी, महामन्त्रीद्धय स्वर्णीम समशेर भण्डारी र सुरेश नेपालले नवप्रवेशी नेता कार्यकर्ताहरु लाई स्वागत गरे ।

झारफुक गर्ने भन्दै घाँटी तथा शरीरको बिभिन्न भागमा टोकेर श्रीमती र छोरीको हत्या

विराटनगर । झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा इलाम प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलामको देउमाई नगरपालिका- ५ बारुङका ३३ वर्षीय कमल (पूर्णचन्द्र) तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad