# भर्खरै
Namaste Icon
Ad

आज कहाँ कहाँ छ, भारी वर्षा हुने सम्भावना ?

आज  कहाँ कहाँ छ, भारी वर्षा हुने सम्भावना ?

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (आइतबर बिहान) मौसम देशभर सामान्यतया सफादेखि आंशिक (धेरैजसो खुलेको, थोरै बादल लागेको) सम्म बदली छ। तत्काल कतै पानी परेको छैन । महाशाखाका अनुसार दिउँसो (बिहान १०-११ बजेदेखि साँझ ६ बजेसम्म) मौसम देशभर आंशिकदेखि सामान्य (७५ प्रतिशत बादल, बाँकी खुलेको) बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

त्यस्तै राति (साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश नं १ , बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । साथै यसत्र क्रममा प्रदेश नं १ , बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

Ad

सम्बन्धित समाचारहरु

सिंहदरबारभित्र एक राउन्ड गोली चल्याे

सिंहदरबारभित्र एक राउन्ड गोली चल्याे

काठमाडौं । चेकजाँचको क्रममा आज मध्याह्नमा सिंहदरबारभित्र एक राउन्ड गोली फायर भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउन्ड गोली फायर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ ।

'प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउनुपर्छ'

'प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउनुपर्छ'

काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनालीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने अन्यथा उनीमाथि महाभियोग लगाउनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश पछिल्लो समय विवादमा तानिएको भन्दै मैनालीले उनलाई तत्काल राजीनामा दिन सुझाएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad