# भर्खरै
Namaste Icon
Ad

यी हुन् राष्ट्रपतिबाट पदक पाउने पत्रकार

यी हुन् राष्ट्रपतिबाट पदक पाउने पत्रकार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा पत्रकारितामा लागेर आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु-याउने वरिष्ठ पत्रकार तथा पत्रकारलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने भएकी छिन् । तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक पन्त र हरिबहादुर थापाले सुप्रबल जनसेवाश्री पाउने भएका छन् ।

कीर्तिमय राष्ट्रद्वीप पाउने पत्रकारहरूमा ओम शर्मा, गुणराज लुइटेल र महेश्वर दाहाल रहेका छन् । यस्तै, प्रवल जनसेवाश्री पाउने पत्रकार/सञ्चारकर्मी/कार्टुनिष्टहरुमा बद्री सिग्देल, ऋषि धमला, अजयबाबु शिवाकोटी, नेत्रकुमार के.सी., मुकुन्द दाहाल, दिलभूषण पाठक, समा थापा, विश्वमणि पोखरेल, कविर राणा, रविन सायमी, रवी मिश्र, अनिता बिन्दु, डा. बालकृष्ण चापागाई, माधव ढुंगाना, प्रकृति अधिकारी, मोहम्मद सदरुल, शालिग्राम सुवेदी, गोविन्द धिताल रहेका छन् ।

यसैगरी, जनसेवाश्री पाउने पत्रकार/फोटोपत्रकार/सञ्चारकर्मीहरूमा भरतबन्धु थापा, भुवन शर्मा, दीपक खरेल, गिरिजाप्रसाद अधिकारी, प्रभातकुमार झा, नारायण अमृत, चन्द्रशेखर कार्की, किसन राई, खगेन्द्र अधिकारी, सुनील महर्जन, विष्णु खड्का, रेखा भूसाल, बृजकुमार यादव, आँकाक्षा शाह, नरेन्द्रकुमार साउद, लीला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान, डम्बरबहादुर अधिकारी र दीपेन्द्र श्रेष्ठ रहेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

सिंहदरबारभित्र एक राउन्ड गोली चल्याे

सिंहदरबारभित्र एक राउन्ड गोली चल्याे

काठमाडौं । चेकजाँचको क्रममा आज मध्याह्नमा सिंहदरबारभित्र एक राउन्ड गोली फायर भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउन्ड गोली फायर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ ।

'प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउनुपर्छ'

'प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउनुपर्छ'

काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनालीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने अन्यथा उनीमाथि महाभियोग लगाउनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश पछिल्लो समय विवादमा तानिएको भन्दै मैनालीले उनलाई तत्काल राजीनामा दिन सुझाएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad