# भर्खरै
Namaste Icon
Ad

कविता : मनको एक जिज्ञासा

कविता : मनको एक जिज्ञासा
पुन्यप्रसाद चौंलागाई, इटहरी ९ सुनसरी

के हुन्छ होला यो मनुष्य चोला ?
सिद्धिन्छ पुरै कि रहन्छ होला ?
शरीर माटो या खरानी बन्छ ,
आँखै अगाडि यहिँ नै सकिन्छ ।।

होइन शरिर् मात्र कि जिन्दगानी ?
के हुन्छ होला यो सिङ्गो कहानी ?
सकिन्छ यात्रा जब जिन्दगिको ,
खाता यो के हुन्छ जुनि भरिको ??

दुख कहिँ छ कहिँ सुख भोग्छ,
आँफ्नै कहानी को पहाड बोक्छ।
यात्री सँधै हिँड्छ बोझा लतारी ,
छोड्दैन कहिल्यै मनको यो भारी।।

रित्तो भएर कि त यात्री मात्रै ?
फालेर पोको कि उ जान्छ एक्लै?
फाली दिंदैमा कुटुरो ब्यथाको ,
हिसाब मिल्ला र सवै कथाको ??

आकाश जत्रै किन कल्पना यो?
टाउको माथी छ घुमी रहेको ?
बेअर्थ हुन् र सब कल्पना यी?
तरङ्ग हुन् भन्ने लाग्छ मलाइ ।।

यो पाँच तत्वको शरीर देहि,
आकाश तत्वको हिसाब खोइ ?
आत्मा यो आकाश तत्व भएर ,
बाँची रहन्छ कि कतै रहेर ??

बिज्ञानले नै यहि सिद्ध गर्छ ,
पदार्थ टुक्र्याए तरङ्ग बन्छ ।
तरङ्ग हुन् रे अविनासि तत्व ,
अजर् अमर् हुन्छ अरे सधैँ यो ।।

तरङ्ग हैनन् र हाम्रा कहानी ?
मेटिन्छ होला कसरी निसानी?
यी भावधारा र बिचार धारा ,
दुख पीडा आँशुका खात सारा ।।

पाना भरी हृदयमा रहेका ,
पोलेर आँशुले घायल् भएका ।
चोट् लागि केर् मेट भएको खाता ,
मेटिन्छ होला कसरी विधाता ??

Ad

सम्बन्धित समाचारहरु

'होला'

'होला'

👉️जन्म दिने आमा भए म नि गाउँमा आउथे होला,कालरात्रीमा संगै बसि म नि भजन गाउथे होला, वरपर साथीभाइको हालखबर सोध्दै खोज्दैउहाँहरुको माया ममता कति धेरै पाउंथे होला !!

कान्ती राणा सिंहको ‘चौरासी व्यञ्जन’ विमोचन

कान्ती राणा सिंहको ‘चौरासी व्यञ्जन’ विमोचन

काठमाडौं । कान्ती राणा सिंहको चौरासी व्यञ्जन पुस्तक असोज २४ गते आइतबार विमोचन गरिएको छ । काठमाडौंको बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा एक कार्यक्रमकाबीच उक्त पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा डा। आरजु राणा देउवा, वरिष्ठ अधिवक्ता लोक भक्त राणा र लेखककी आमा लक्ष्मी राज्यलक्ष्मी राणा सहभागी थिए । पुस्तकमा सल्याणी र राणाको भोजनका प्रकार र तयार पार्ने विधि सिकाइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad