# भर्खरै
Namaste Icon
Ad

कम्युनिष्ट एकताको लागि वैचारीक आधार र राजनीतिक कार्यदिशा बारे व्यापक बहस जरुरी छ

कम्युनिष्ट एकताको लागि वैचारीक आधार र राजनीतिक कार्यदिशा बारे व्यापक बहस जरुरी छ
खगेन्द्र हमाल

खगेन्द्र हमाल, सुर्खेत । चिङ्गाडको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न नसक्नुको मुल कारण भनेकै समाजवादको सैद्धान्तिक आधारलाई कार्यक्रममा, कार्य पद्धतिमा र व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसक्नु हो ।पटकपटक सरकार सञ्चालनमा रहँदा पनि समाजवादको आधार तयार गर्न न्युनतम कार्यक्रम ल्याएर कार्यान्वयन गर्न तत्परता देखाउन नसकेकै कारण आम पार्टी कार्यकर्ता अनि आम नागरिकमा असन्तुष्टि पैदा भएको हो । समाजवादको लक्ष्यमा पुग्ने आधार निर्माणका लागि चिङ्गाडका कम्युनिस्ट अगुवाइ नेताहरुले सिद्धान्त नबुझेर या नपढेर त्यत्तिकै राजनीतिमा होमिएका त हैनन होला, तत्पर भएका त पक्कै हैन होला, तर उहाँहरुको विचारमा कसरी विचलन आयो त ? यो कुरा बुझ्न बुझाउन सक्नु नै चिङ्गाडी कम्युनिस्टहरुको आजको पहिलो र अनिवार्य अभिभारा हो ।

समाजवाद ज्ञान र दर्शन हो, भने चिङ्गाडका सबै कम्युनिस्टहरुले ग्रहण गरौं, सिद्धान्त हो, भने अध्ययन गरौं अनि जीवनपद्दति बनाऔं । कम्तिमा पालिका स्तरका कार्यकर्ताले के गर्ने ? जिल्ला स्तरका कार्यकर्ताले के गर्ने ? प्रदेश स्तरका कार्यकर्ता के गर्ने ? र केन्द्रीय स्तरमा त पुरै समाजवादी देखिनु पर्ने होला नि । हाम्रो परिवार, हाम्रो व्यवहार, हाम्रा आफन्त, नातागोता, हाम्रा वरिपरि रहनेहरुमा समाजवादको बिम्ब आउन सकेन भने हामी अवसरबाट केही जोडिन सकौंला तर चिङ्गाडको कम्युनिस्ट आन्दोलन जोडिन सक्दैन् ,चिङ्गाडका कम्युनिस्टहरु एकीकृत हुन सक्दैन ।

सिद्धान्त समाजवादी, जीवन पुँजीवादी, व्यवहार अवसरवादी र यसैको परिणामस्वरूप कम्युनिस्टहरुमा तहगत गिरोह निर्माण गरि पार्टी कब्जा गर्ने, त्यसका लागि जित्नु पर्नेलाई हैन जित्नेलाई च्यापेर टिकट दिने, पार्टी उठाउनेले हैन चन्दा उठाउनेले टिकट पाउने अनि क्रमशः नागरिक भन्दा पार्टी ठुलो, पार्टी भन्दा नेता ठुलो अनि ठुलो हुँदै जाँदा विचरा त्यो समाजवादीलाई एउटा घर, सानो गाडी, छोराछोरीलाई बोर्डिङ स्कुल, ढोकामा जि हजुरी गर्ने अवसरवादी झुन्ड, गाडीमा चाकडी गर्ने चाकडिवाजहरुको परिणाम हो चिङ्गाडको २०७४ को चुनावी परिणाम जुन हाम्रा सामु उदाहरण बनेको छ ।


चिङ्गाडमा कम्युनिस्टहरु मिल्नु र आपसी एकता गर्नुको कुनै विकल्प छैन । पार्टीलाइ टुट्फुट हुन नदिनु नेताहरुलाइ मिल्न बाध्य गराउने भुमिका वा शक्ती कार्यकर्ताहरुमा धेरै नै निर्भर गर्दछ । कार्यकर्ताहरु अति सम्यम्यित भइ, परिस्थितिको वस्तुगत ढंगले सूक्ष्म विस्लेषण गरेर मात्र आफ्ना अभिमतहरु जाहेर गर्नुपर्छ ।चिङ्गाडको कम्युनिस्ट आन्दोलन कठिन अवस्थामा रहेको बेलामा कसरी यो कम्युनिस्ट आन्दोलनलाई एकीकृत गराउन सकिन्छ भन्ने तर्फ सबैको ध्यान केन्द्रित हुन जरुरी छ। संगठनमा ब्यक्ति सधै गौण हुन्छ , संगठन प्रधान रहन्छ ।

यदि ब्यक्तिलाई प्रधान ठान्यौ वा ब्यक्तिले आफुलाइ संघठन भन्दा प्रधान ठान्यो भने यस्ता समस्या हरेक आन्दोलन र पार्टिमा देखिनै रहन्छ । यस संघिन घडिमा कम्युनिस्ट कार्यकर्ताहरु विभाजित नभएर पार्टी नेतृत्वलाइ एक हुन नैतिक दबाब सिर्जना गरि चिङ्गाडको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गराउनु नै आजको प्रमुख आवश्यकता रहेको छ।


पदप्राप्ति र प्रतिक्रियावादी सत्तामा जानकै लागी गरिने एकता अवसरवादी एकता हुन्छ । त्यसप्रकारको एकताले क्रान्ति र आन्दोलनलाई भन्दा यथास्थितिवादलाई नै मदत पुग्ने छ । जनवादी सत्ता प्राप्त गर्ने उद्धेश्यले निर्माण हुने एकता नै क्रान्तिकारी एकता हुन्छ । त्यसका लागि चिङ्गाडका सच्चा क्रान्तिकारी कम्युनिष्टहरुको विचमा एकताको लागी आधार तयार पार्न सर्वप्रथम वैचारीक आधार, राजनीतिक कार्यदिशा र कार्यक्रमको बारेमा व्यापक छलफल र बहसको जरुरी छ । त्यस प्रकारको छलफल र बहस सिमित व्यक्तिहरुको विचमा मात्र नभएर आम चिङ्गाडिबासि जनताहरुको बीचमा बहस चलाउन जरुरी देखिएको छ।

Ad

सम्बन्धित समाचारहरु

किन हुन्छ गाउँको हरेक कुरा रमाइलो

किन हुन्छ गाउँको हरेक कुरा रमाइलो

हरिया डाँडाकाँडाहरु उत्तर तिर देखिने सेतो सौन्दर्य हिमशृङ्खला हरु स्वच्छ बाताबरण, टाढाटाढाबाट देखिने विभिन्न सौन्दर्य ठाउँहरु ती खेतका विशाल फाँटहरु त्यसैमा फलेर झुलेका ती धानका सुन जस्ता बाला हरु सग फोटो खिचुखिचु लाग्ने । बारिका ती पाटाहरुर फलफुलका ती सुन्दरबगैँचाहरु कहि खरबारी रकहिँ विशाल जङ्गल हरु, चराचुरुङ्गी हरुको आगमन र त्यो रमाइलो अनुभूति र घर पालुवा गाइबस्तुहरु यी विभिन्न कारणले गर्दा गाउँमा धेरै कुरा हुने हुनाले पनि गाउँनै धेरै राम्रो लाग्छ । यो संसार नै फरक जस्तो लाग्छ । मान्छे थरी थरिका हुन्छ्न कुनलाइ सहरको माया र कुनैलाई गाउँको माया हुन्छ। त्यो मान्छे मलाई गाउकै मान्छे भएरकी जुनसमयमा पनि याद अनि संम्झना हुन्छ।गाउँको हरेक कुरा रमाइलो पाइन्छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad