# भर्खरै
Namaste Icon
Ad

काठमाडौं साक्षर जिल्ला घोषणा

काठमाडौं साक्षर जिल्ला घोषणा

काठमाडौं । काठमाडौं जिल्लालाई असोज ४ गते ‘साक्षर जिल्ला घोषणा’ गरिएको छ । जिल्लामा ९६ प्रतिशत भन्दा माथिल्लो साक्षरता प्रतिशतमा पुगेपछि साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान अनुसार काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरिएको हो । काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले काठमाडौं जिल्लामा साक्षर जिल्ला घोषणा गर्नका लागि सबै मापदण्ड पूरा भएपछि साक्षर काठमाडौं घोषणा गरिएको जानकारी दिए । उक्त कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले साक्षर काठमाडौं घोषणा गरे ।


उक्त साक्षर काठमाडौं अनुसार शङ्खरापुर नगरपालिका ९६.५ प्रतिशत, कागेश्वरी मनोहरा ९६.९७, गोकर्णेश्वर ९५.०४, बुढानिलकण्ठ ९८.६९, टोखा ९८.५४ प्रतिशत, तारकेश्वर ९८.०८, नागार्जुन ९७.८ प्रतिशत, चन्द्रागिरी ९६.४७, कीर्तिपुर ९५, दक्षिणकालीमा ९६ र काठमाडौं महानगरपालिका ९६.६० प्रतिशत साक्षर रहेको छ ।
विश्वव्यापी अभ्यासलाई समेत आत्मसाथ गर्दै १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढि नागरिक साक्षर भएको सुनिश्ति भएका सम्बन्धित क्षेत्र एवं जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने सरकारको नीतिगत निर्णयका आधारमा काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरिएको हो ।


समन्वय समितिका प्रमुख वैद्यले साक्षर काठमाडौं आगामी दिनमा शिक्षा सम्बन्धि थप कार्यक्रम गर्नका लागि तीनै तहको समन्वय र सहिजकरण आवश्यक रहेको बताए । काठमाडौंलाई साक्षर घोषणा गरिए पनि दीगो साक्षरताका केही चुनौति रहेको जनाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेलले खास गरी कमजोर मापदण्ड, कार्यक्रम प्राथमिकता, बैद्य आँकडा, विद्यार्थी भर्ना, समुदाय स्तरमा पुस्तकालय र सूचना केन्द्रको स्थापना अवसरको समुचित वितरण संरचनागत समस्या कमजोर सामुदायिक सिकाइ केन्द्र चुनौति रहेको छ ।


आगामी दिनमा सामुदायिक सिकाइ केन्द्रका सशक्तिकरण वैकल्पिको विद्यालको उद्देश्यका आधारमा नियमन र साक्षरताका मापदण्डलाई समयानाकुल सुधार आवश्यक पर्नेमा जोड दिइएको छ । साथै बालबालिका विद्यालयबाट बाहिर नरहेको अवस्थाको घोषणा सन्तुलित विकास कार्यक्रमक साक्षताको मर्म अनुसार साक्षरोत्तर कार्यक्रम सञ्चालन राज्य सञ्चालनका तीन तहबीच बलियो समन्वय र सहकार्य आवश्यक रहेको जनाइएको छ ।

 

Ad

सम्बन्धित समाचारहरु

शिक्षामा सुधार ल्याउन शिक्षक, अभिभावक र बिद्यार्थीबीच समन्वय हुनुपर्नेमा जाेड

माधव खनाल, अर्घाखाँची । शिक्षामा सुधार ल्याउनुमा शिक्षक अभिभावक र बिद्यार्थीहरु बिच त्रिपक्षीय समन्वय हुनुपर्नेमा जाेड दिइएकाे छ । मंगलबार बाल शिक्षा माध्यमिक बिधालय भुमिकास्थान नगरपालिका वडानम्बर १ ले आयोजना गरेको अभिभावक भेलामा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका थिए । यसरी बोल्ने बक्ताहरुमा बाल शिक्षा माध्यमिक बिधालय भुमिकास्थान १ का बिधालय ब्यबस्थापन समितीका अध्यक्ष कासिराम गमाल, शिक्षक अभिभावक संघका अध्यक्ष मेघराज खनाल, बिधालयका प्रधानाध्यापक युवराज खनाल, आम्बोट आधारभुत बिधालय भुमिकास्थान १ का प्रधानध्यापक हिमलाल खनाल, बाल शिक्षा माध्यमिक बिधालयका शिक्षक लक्ष्मण खनाल लगायतले साे भनाइ राखेका थिए ।

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न कार्यदल गठन

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड-१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स (सागो) सँग संयुक्त रुपमा गठन गरिएको नयाँ कार्यदलमा २६ जना विज्ञहरु मनोनीत गरिएको छ । डब्लूएचओले नयाँ कार्यदल कोभिड-१९ को उत्पत्ति पत्ता लगाउने अन्तिम अवसर हुनसक्ने जनाएको छ। साढे एक वर्षअघि पहिलो पटक चीनको वुहान सहरमा भाइरस भेटिएको थियो तर भाइरस सुरुमा कसरी उत्पत्ति भयो भन्ने विषयमा भने अझै अस्पष्ट छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad