# भर्खरै
Namaste Icon
Ad

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ । २५ औँ वार्षिक साधारणसभा तथा १२ औँ केन्द्रीय अधिवेशनबाट वन्त अध्यक्षमा चुनिएका हुन् ।

त्यसैगरी महिला उपाध्यक्षना चन्द्रकला थापा (भगवती), वरिष्ठ उपाध्यक्षमा कृष्ण खड्का, महासचिवमा नवराज श्रेष्ठ चुनिएका छन् ।सचिवमा मुकुन्द कालिकोटे र कोषाध्यक्ष सागर श्रेष्ठ रहेका छन् ।

समूहको सदस्यहरूमा हरिश सिंह नगाल, घनश्याम श्रेष्ठ, तेज बहादुर बस्नेत,आर्यन धिमाल,शिला तिमील्सिना, प्रबिण कुलुङ राई र रमिता छुँजु रहेका छन् । केन्द्रीय अध्यक्षमा चुनिएका वन्तले फोटो पत्रकारहरूको हकहितमा दत्तचित्त भएर काम गर्ने बताए ।

Ad

सम्बन्धित समाचारहरु

बिरामीलाई स्वास्थ्य संस्था लगिँदै

बिरामीलाई  स्वास्थ्य संस्था लगिँदै

आठबीसकोट नगरपालिका च्यामिरकोट रुकुम पश्चिमबाट बिरामीलाई ४ घण्टा बोकेर जाजरकोट भेरी नगरपालिका–१ स्थित रिम्ना मेडिकलमा उपचारका लागि ल्याइँदै गरेका बिरामी । गाउँमा स्वास्थ्य संस्था नहुँदा बोकेर टाढाको स्वास्थ्य चौकीमा उपचकारका लागि लानुपरेको छ । तस्वीर : हेमन्त केसी/रासस

फोटोग्राफरको व्यवसायीक क्षमता अभिवृद्धि गर्न एक दिने तालिम

दाङ । जिल्ला फोटोग्राफर एशोसियसन दाङको आयोजना र फोटो पसलको सहकार्यमा एक दिने फोटोग्राफी तालिम सम्पन्न भएको छ । व्यवसायीक फोटोग्राफरहरूको क्षमता अभिवृद्धिमा योगदान एवं व्यवसायको व्यवसायिकता विकासकालागि भन्दै आयोजना गरिएको सो कार्यक्रममा वरिष्ठ फोटोग्राफर योगेन्द्र जंङ्ग बस्नेत मुख्य प्रशिक्षक थिए । नेपाल फोटोग्राफर महासंघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश संयोजक वसन्त जोशीका अनुसार तालिममा दाङ जिल्लाभरका ५० जना व्यावसायिक फोटोग्रफरहरूले सहभागिता जनाए । कार्यक्रमबाट फोटोग्राफरले स्टुडियो लाईटिङ्ग, कप्पल फोटो सुटमा ठुलो ज्ञान मिलेको हुनाले दंङ्गालि फोटोग्राफ हौसिएको कार्यक्रम संयोजक दुर्गा प्रसाद चौधरिले बताए । उनले आगामी दिनमा फोटो पसलको सहकार्यमा एक हप्ते कक्षा समेत दिन पहल गर्ने बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad