# भर्खरै
Namaste Icon
Ad

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

काठमाडाैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रविना थापाले आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । काठमाडाैंमा पत्रकार सम्मेलनको आयोजना गरी उनले महिला सक्षम छन् भनेर देखाउन र संस्थागत सुधारका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको बताइन् । ‘हरेक ठाउँमा महिला नेतृत्वमा आउनुपर्छ, तब मात्रै वास्तविक परिवर्तन हुन्छ’, थापाले भनिन्, ‘नेतृत्व पुगेको खण्डमा वैदेशिक रोजगारीलाई मर्यादित र व्यवथित गरी महिला र घरेलु कामदारका मुद्दालाई जोडतोडका साथ अघि बढाउँछु ।’

उनले नेतृत्व लिएर संस्थागत सुदृढीकरण गर्दै एनआरएनएको गतिविधिलाई प्रभावकारी बनाउन आफूले भूमिका निर्वाह गर्ने पनि बताइन् । समारोहमा जयप्रकाश गुरुङले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै एनआरएनएको संस्थागत विकास नै आजको आवश्यकता भएको औँल्याए । अर्का विनय अधिकारीले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले थापाको प्यानलबाट आफ्नो २२ बुँदे घोषणा सार्वजनिक गर्दै संस्थालाई राजनीतिबाट मुक्त गरी आर्थिक पारदर्शिता कायम गर्नेसहित भिजन ‘थर्टी–थर्टी’ को अवधारणा अघि बढाउने जानकारी दिए ।

यसअघि कूल आचार्यले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । एनआरएनएका वर्तमान पदाधिकारीले विधानविपरीत प्रतिनिधि छनोट गरेको भन्दै असन्तुष्ट पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता गरेपछि आउँदो १०औँ महाधिवेशन अनिश्चित बनेको छ । एनआरएनएका मानार्थ सदस्य नवराज ओली, एनआरएनए अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेल र एनआरएनएका पूर्वसचिव जानकी गुरुङ लगायतले यसरी उजुरी दर्ता गराएका थिए ।

केही दिनअघि उनीहरुले सङ्घको निर्वाचन प्रक्रियाको प्रारम्भदेखि नै न्यायिक सिद्धान्त र विधानविपरीत प्रतिनिधि छनोट गरिएको जिकिर लिँदै कानूनविपरीत गरिएका गतिविधि सच्याउन माग रेका थिए । उनीहरुको उजुरीका आधारमा मन्त्रालयले एक छानविन समितिसमेत बनाएर छानविन प्रक्रिया पूरा नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिइसकेको छ । सङ्घको आगामी अक्टोबर २३ देखि २५ सम्म महाधिवेशन गर्ने मिति तय भए पनि उक्त विवादका कारण हाललाई अनिश्चित बनेको हो । सङ्घ विसं २०६० मा स्थापना भएको हो ।

Ad

सम्बन्धित समाचारहरु

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा र नगद वितरण

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा र नगद वितरण

काठमाडौं । एसोसिएसन अफ एलायन्स क्लबस् इन्टनेसनल डिस्ट्रिक १०२३ अन्तर्गत रहेको एलायन्स क्लब अफ काठमाडौं सिटिका प्रथम भाइस प्रेसिडेन्ट एली सुवर्ण श्रेष्ठको जन्मदिनको अवसर पारी न्यायो कपडा र नगद रकम वितरण गरिएको छ । भैसीपाटीमा रहेको बालसेवा गृहका बालबालिकाहरुलाई सो सहयोग गरिएको हो ।

पोर्चुगलमा ७० भन्दाबढि नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश, देशको नेतृत्व युवा पुस्ताले  लिनुपर्नेमा अध्यक्ष तामाङको जोड

पोर्चुगल । राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष आईताराम तामाङले देशको नेतृत्व युवा पुस्ताले लिनुपर्ने बताएका छन् । राप्रपा नेपालले विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा पोर्चुगलमा आयोजना गरेको चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रमममा उनले यस्तो बताएका हुन् । लाक्पा तामाङ संयोजनमा भएको कार्यक्रम राष्ट्रिय अध्यक्ष तामाङले बुद्धको मूर्तिमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad