# भर्खरै
Namaste Icon
Ad

राजनीति

राजनीति
कुमार दाहाल

मन,तन,द्यन, समर्पण दिन्छौँ ,
स्वतन्त्रता चाहन्छौं,
परतन्त्रतामा बानी छैन,
र,
कठोर बन्छौं,
आफ्नै परिचय गुमाउँदै
राजनीति गर्छौ हामी।।
नीति रणनीति र नेता आफ्ना छैनन्,
गणतन्त्रमा रमाउँछौ,
आफैलाई बिश्वास गर्दैनौ
अर्कालाई गाली गर्छौ ,
फगत,
राजनीति गर्छौ हामी।
जन, मत ,स्वाधीनता हाम्रै हो,
सार्वभौमसत्ता गहना हो,
आफैंलाई प्रश्न गर्छौ,
इतिहास बिर्सन्छौं,
केवल,
राजनीति गर्द्दौ हामी।
वीरता,सौर्यता ,इतिहास भाग्यले पायौ,
आफैलाई हराउँद्दौ हामी,
देश जनता माटो प्रति शंका गर्छौ,
आफैंमा उत्तर छैन,
विवश,
राजनीति गर्छौ हामी।
भाई लड्यौं, वैरी बनाउँछौँ,
चेपे नदीको सम्झौता विर्सियाै,
आँसु बगाउन सिपालु भयाै,
पुद्दिदिन अरु बोलाउँछौ ,
कस्तो,
राजनीति गर्छौ हामी।
स्वाभिमान बेच्छौं, पैसा किन्छौं,
आफूलाई अभिमान ठान्छौं,
श्रम बेच्द्दाै, पसिनाआयात गर्छौं,
मत किन्छौं , जनता कमजोर बनाउँछाै,
मात्र,
राजनीति गर्छौं हामी।

Ad

सम्बन्धित समाचारहरु

'होला'

'होला'

👉️जन्म दिने आमा भए म नि गाउँमा आउथे होला,कालरात्रीमा संगै बसि म नि भजन गाउथे होला, वरपर साथीभाइको हालखबर सोध्दै खोज्दैउहाँहरुको माया ममता कति धेरै पाउंथे होला !!

कान्ती राणा सिंहको ‘चौरासी व्यञ्जन’ विमोचन

कान्ती राणा सिंहको ‘चौरासी व्यञ्जन’ विमोचन

काठमाडौं । कान्ती राणा सिंहको चौरासी व्यञ्जन पुस्तक असोज २४ गते आइतबार विमोचन गरिएको छ । काठमाडौंको बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा एक कार्यक्रमकाबीच उक्त पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा डा। आरजु राणा देउवा, वरिष्ठ अधिवक्ता लोक भक्त राणा र लेखककी आमा लक्ष्मी राज्यलक्ष्मी राणा सहभागी थिए । पुस्तकमा सल्याणी र राणाको भोजनका प्रकार र तयार पार्ने विधि सिकाइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad