# भर्खरै
Namaste Icon
Ad

अदालत परिसरमा गोली चल्दा ३ को मृत्यु

अदालत  परिसरमा गोली चल्दा ३ को मृत्यु

नयाँ दिल्ली । दिल्लीको रोहिणी अदालतको कोर्ट नम्बर एक परिसरमा शुक्रबार ग्याङ्गफाइट भएको छ । हमलाकर्ताले गोली हानेर ग्याङ्गस्टर जितेन्द्र गोगीको हत्या गरेका छन् । उक्त ग्याङ्गफाइटमा गोगीसमेत तीनजना मारिएका छन् । यस घटनामा एक महिला वकिलसमेत तीन व्यक्ति घाइते भएका छन् । रिपोर्टका अनुसार गोगी पेशीका लागि अदालत आएका थिए । गोली लागेलगत्तै उनको मृत्यु भएको छ ।


भारतीय मिडियामा प्रकाशित समाचार अनुसार राइवल टिल्लू ग्याङ्गका दुई सदस्य वकिलको भेषमा आएका थिए । उनीहरुले कोर्ट रुम नम्बर २०७ मा न्यायाधीश गगनदीप सिंहको अगाडि नै गोगीमाथि गोली चलाए । प्रहरीको स्पेशल सेलको जवाफी कारवाहीमा दुबैको मृत्यु भयो ।

Ad

सम्बन्धित समाचारहरु

तालिबानद्वारा पत्रकारमाथि आक्रमण

तालिबानद्वारा पत्रकारमाथि आक्रमण

काबुल । काबुलमा महिला अधिकारकर्मीहरूले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहीबार पत्रकारहरूमाथि आक्रमण गरेको छ । शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रंगीन हेड स्कार्फ लगाएका महिलाहरूको एउटा समूहले मार्चपास गर्दै शिक्षालाई राजनीतिकरण नगर्न भन्दै नारा लगाएको थियो ।     'हामीसँग अध्ययन गर्ने र काम गर्ने अधिकार छैन र बेरोजगारी, गरीबी, भोकले सताएको छ,' भन्ने लेखिएको प्लेकार्ड  ती महिलाहरू बोकेका थिए । तालिबान अधिकारीहरूले ती महिलालाई करिब १ घण्टा ३० मिनेटसम्म स्वतन्त्र रुपमा हिँड्न दिएको एएफपी जानकारी दिएको छ  ।   तालिबान लडाकूहरूले विदेशी पत्रकारलाई राइफल प्रहार गर्नुको साथै फोटोग्राफरलाई पछाडिबाट लात हानेका बताइएको छ ।  प्रदर्शनकारी आयोजक मध्येकी एक जाहरा मोहम्मदीकाअनुसार महिलाहरू जोखिमको बाबजुद मार्चपास गर्दै थिए । तालिबानहरूले स्थानीय पत्रकार, विदेशी पत्रकार र महिलाहरू कसैको पनि सम्मान नगरेको उनले बताएकी छिन् । महिलाहरूको विद्यालय जाने अधिकारसमेत तालिबानहरूले खोसेको पनि उनले बताएकी छिन् । रासस/एएफपी  

सुँगुरकाे मिर्गाैला मानिसमा 'सफल प्रत्याराेपण'

सुँगुरकाे मिर्गाैला मानिसमा 'सफल प्रत्याराेपण'

एजेन्सी । अमेरिकाको एक मेडिकल टिमले सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ । अमेरिकाको युनिभर्सिटी अफ लाङ्गोनका डाक्टरको टोलीले सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण गरेको र यसले अस्थायी रुपमा काम गरिरहेको समाचार संस्था एएफपीले जनाएको छ । यस प्रक्रियालाई नेतृत्व गर्ने डाक्टरले यसलाई 'सम्भावित चमत्कार' बताएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad