# भर्खरै
Namaste Icon
Ad

एलायन्स क्लब अफ नेपाल भुमि र कीर्तीपुर टाउनद्धारा बाल आश्रमलाई सहयोग हस्तान्तरण

एलायन्स क्लब अफ नेपाल भुमि र कीर्तीपुर टाउनद्धारा बाल आश्रमलाई सहयोग हस्तान्तरण

काठमाडौं । एसाेसिएसन अफ एलायन्स क्लबस इन्टरनेश्नल डिस्ट्रिक १०२३ अन्तरगत एलायन्स क्लब अफ नेपाल भुमि र एलायन्स क्लब अफ कीर्तीपुर टाउनले सामाखुसीमा रहेको चौतर्फी महिला विकास संस्था बाल आश्रमलाई आर्थिक तथा अन्य सहयोग गरेको छ । असोज ९ गते शनिबार एक कार्यक्रम आयोजना गरे सो सहयोग गरिएको हो । उक्त सहयोग अन्र्तगत नगद रु २० हजारका साँथै, ग्यास, कापी, टि–सर्ट, माक्स र खाद्यान्न सामाग्री हस्तानतरण गरिएको छ ।

यस कार्यक्रमको गरिमा बढाउनको लागि यसै डिट्रीष्क १०२३ का (२०२१/२०२२) गर्भनर एली नन्दराज पोखरेल, इन्टरनेसनल लिडरसिप चियर पर्सन एली बिजु बर्जचार्य र डिस्ट्रिक भाइस गर्भनर एली धना आचार्यको विशेष उपस्थिति रहेको थियो । यसै गरि डिस्ट्रिक सल्लकार एसी उत्तम पोखरेल, हेल्थ क्याम कोडिनेटर एलि सुवास थपलिया क्लबका पदधिकारी र साथिहरुको उपस्थिती रहेको थियो । यसअघि पनि संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा र नगद वितरण

जन्मदिनको अवसरमा बालबालिकालाई न्यायो कपडा र नगद वितरण

काठमाडौं । एसोसिएसन अफ एलायन्स क्लबस् इन्टनेसनल डिस्ट्रिक १०२३ अन्तर्गत रहेको एलायन्स क्लब अफ काठमाडौं सिटिका प्रथम भाइस प्रेसिडेन्ट एली सुवर्ण श्रेष्ठको जन्मदिनको अवसर पारी न्यायो कपडा र नगद रकम वितरण गरिएको छ । भैसीपाटीमा रहेको बालसेवा गृहका बालबालिकाहरुलाई सो सहयोग गरिएको हो ।

पोर्चुगलमा ७० भन्दाबढि नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश, देशको नेतृत्व युवा पुस्ताले  लिनुपर्नेमा अध्यक्ष तामाङको जोड

पोर्चुगल । राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष आईताराम तामाङले देशको नेतृत्व युवा पुस्ताले लिनुपर्ने बताएका छन् । राप्रपा नेपालले विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा पोर्चुगलमा आयोजना गरेको चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रमममा उनले यस्तो बताएका हुन् । लाक्पा तामाङ संयोजनमा भएको कार्यक्रम राष्ट्रिय अध्यक्ष तामाङले बुद्धको मूर्तिमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad