# भर्खरै
Namaste Icon
Ad

कविता : देख्छु थरी थरी

कविता : देख्छु थरी थरी
प्रभुनाथ चौलागाई, ईटहरी - सुनसरी (उमेर ८० वर्ष)

चौरासी लाख योनी छन भन्छन देख्छु थरी थरी ।
कसले बनायो यस्तो चिन्तन गर्छु सधै भरी ।
एउटै ब्रम्हाको सृष्टि यो खम्व्रम्समी भनी कुन ।
बेदले भनेको देख्छु धेरै जात बनाए किन ।। १ ।।

उठौं विद्वान ज्ञानी हो समाज पारौ झिलिमिली ।
सामन्ती प्रथाको अन्त गरौं हामी सबै मिली ।
त्यसैले चौरासी लाख नरक पर्दैनन भोग्नु ।
सती जानु सरी सारा पित्रीले किन तड्पनु ।।२ ।।

सती हटे दासी हटे त्यस्ता प्रथा सबै हटे ।
पितृ सारा खुसी हुन्छन दश दिने पिण्ड यो हटे ।
धुरु धुरु रुदै सबै चौंरासी घुम्नु पर्दछ ।
हटाउ यो पापी कर्म यसले पित्रृ रूवाउंछ ।। ३ ।।

दश दिने पिण्ड यो भन्नु सतीकै अवशेष हो ।
यस्तो कर्म समाजबाट हट्नु नै अति वेश छ ।
यस्ले पितृ ता तर्दैनन खाल्डोमा लगी हाल्छ ।
यसले घिस्रादै लगेर नरक कुण्डमा फाल्दछ ।। ४ ।।

Ad

सम्बन्धित समाचारहरु

'होला'

'होला'

👉️जन्म दिने आमा भए म नि गाउँमा आउथे होला,कालरात्रीमा संगै बसि म नि भजन गाउथे होला, वरपर साथीभाइको हालखबर सोध्दै खोज्दैउहाँहरुको माया ममता कति धेरै पाउंथे होला !!

कान्ती राणा सिंहको ‘चौरासी व्यञ्जन’ विमोचन

कान्ती राणा सिंहको ‘चौरासी व्यञ्जन’ विमोचन

काठमाडौं । कान्ती राणा सिंहको चौरासी व्यञ्जन पुस्तक असोज २४ गते आइतबार विमोचन गरिएको छ । काठमाडौंको बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा एक कार्यक्रमकाबीच उक्त पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा डा। आरजु राणा देउवा, वरिष्ठ अधिवक्ता लोक भक्त राणा र लेखककी आमा लक्ष्मी राज्यलक्ष्मी राणा सहभागी थिए । पुस्तकमा सल्याणी र राणाको भोजनका प्रकार र तयार पार्ने विधि सिकाइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad