# भर्खरै
Namaste Icon
Ad

सुमार्गीको ‘सय किसान’ अवधारणा

सुमार्गीको ‘सय किसान’ अवधारणा

काठमाडाैं । उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र (एईसी) ले अघि सारेको ‘सय किसान’ अवधारणा सफल बनाउन आराभा नेपाल मोर्डन एग्रिकल्चरबीच सम्झौता भएको छ । सम्झौतामा एईसीका सभापतिमा अरुणराज सुमार्गी र आराभा नेपाल मोर्डन एग्रिकल्चरका अध्यक्ष कृष्णप्रसाद बजगाईँले हस्ताक्षर गरेका छन् । एईसीका सभापति सुमार्गीले मुलुकको कृषी क्षेत्रका लागि ‘गेमचेन्जर’ अवधारणाका रुपमा ‘सय किसान’ कार्यक्रम घोषणा गरेका थिए । उक्त कार्यक्रमकै अवधारणालाई ‘एक्सन’मा लैजान एईसी र आराभा नेपालबीच सम्झौता भएको हो । मंगलबार भएको उक्त सम्झौता अनुसार एईसी र आराभा नेपाल मिलेर अबर मुलुकभरबाट सय जना किसान छनोट गर्नेछन् ।

देशभरका किसानको अवस्था, उनीहरुको व्यवसायिक स्थिती र व्यवसायिक अवस्थालाई सुधार गर्न गर्नुपर्ने पहल समेटेर आधारपत्र तयार पारिने सभापति सुमार्गीले बताए । उनका अनुसार आधारपत्र तयार भएपछि एक जिल्लाबाट एक किसान नछुट्ने गरी सय जना किसान छनोट गरिनेछ ।
आराभा नेपाल इजरायलबाट फर्किएका नेपालीहरुले सञ्चालन गरेको कम्पनी हो । यसले विगत ५ वर्षदेखि नेपालको कृषी शिक्षा र कृषी पर्यटनका क्षेत्रमा काम गर्दै आएको छ ।

Ad

सम्बन्धित समाचारहरु

दूधको उपभोग बढाउन डेरी एसोसिएसनले मनाउदैछ विश्व स्कुल दूध दिवस

काठमाडौं । दूध पूर्ण आहार हो भन्ने कुरा बुझाउन तथा दूधको उपभोग बढाउने उद्देश्यले छैटौं विश्व स्कुल दूध दिवस कार्यक्रम आयोजना हुने भएको छ । नेपाल डेरी एसोसिएशनको आयोजनामा दूध दिवस कार्यक्रम हुने भएको हो । असोज १३ गते एसोसिएसनका सबै प्रदेश, जिल्ला, पालिका लगायत ठाउँमा विभिन्न कार्यक्रम गरि असाेज ११ गतेदेखि १३ गतेसम्म भब्य रुपमा मनाउन परिपत्र जारी गरिएको बताइएको छ । त्यस्तै, बागमती प्रदेशमा भने राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवको उपस्थितिमा काठमाडौंका विभिन्न विद्यालयमा बालबालिकालाई दूध सेवन गराई सरोकारवाला निकायको सहयोग र सहभागीतामा मनाईने कार्यक्रम तय गरिएको एसोसिएशनले जनाएको छ । दूधको महत्व जन्मेदेखि मर्दासम्म रहेको छ भन्ने कुरा बुझाउनको लागि कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने एसोसिएसनले उल्लेख गरेको छ । कार्यक्रममार्फत बालबालिकादेखि वृद्ध वृद्धासम्मका लागि दूधको महत्वपूर्ण तथा दूधले बालबालिकाहरुको मष्तिस्क विकास, शारिरिक विकासमा महत्व राख्छ भन्ने बुझाउने बताइएको छ ।

उदयपुरमा खुल्यो ३ करोड लगानीमा कर्मदीप पशु तथा कृषि फार्म, कृषि कलेज बनाउने उद्देश्य

काठमाडौं । उदयपुर जिल्ला अदालतमा वहस पैरवीको काम गरिरहेका दिपक बस्नेतले २०७४ सालमा कृषिमा हात हाले । आफ्नै माटोमा केहि गर्नुपर्छ भन्ने मान्यताले बस्नेतले कृषि हात हालेको बताए । उनले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वाड नम्बर २ को मथियाईमा रहेको ४ विघाहा जग्गामा कर्मदीप पशु तथा कृषि फार्म सञ्चालनमा ल्याए । सो फार्ममा माछा, लोकल कुखुरा , बोइलर कुखुरा, बंगुर, बट्टाई, गाई, राँगा, बाख्रा, सिजन अनुसारको तरकारी तथा फल–फूल पनि पाईने एकिकृत कृषि फर्म सञ्चालन गरिरहेका बस्नेतले जानकारी दिए । उनको फार्ममा उन्नत जातको घाँस पनि खेती गरिएको छ । ​उनका अनुसार ३ करोड लगानीमा सञ्चालन गरेको सो फार्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी १५ जना भन्दाले रोजगारी पाएका छन । फार्मले त्रियुगा नगरपालिका मात्र होइन पुरै उदयपुर जिल्ला तथा यस जिल्लाको सिमानामा रहेका खोटाङ्ग भोजपुर ओखलढु्ङ्गा सिराहा, सप्तरी, सुनसरी, सोलुखुम्बु लगाएतका जिल्लाहरुका मानिसलाई समेत सेवा दिइरहेको व्यवसायी बस्नेतले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad