# भर्खरै
Namaste Icon
Ad

ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्दै नेपाल टेलिकम

ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्दै नेपाल टेलिकम

काठमाडौं । संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक असोज १५ गते परेको छ । सो अवसरमा नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको छ । सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क रुपमा प्रदान गरिने छ । यस सिममा १० रुपैयाँ व्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुनेछ ।

नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरुबाट ज्येष्ठ नागरिकहरुले यो सुविधाको उपयोग गर्न सक्नु हुनेछ । यसका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र (जस्तै–नागरिकता प्रमाणपत्र, जेष्ठ नागरिकको परिचयपत्र)को प्रतिलिपी संलग्न गर्नुपर्नेछ ।  नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका ज्येष्ठ नागरिकहरुलाई उपलब्ध गर्ने निःशुल्क सिमको सुविधाले आदरणीय जेष्ठ नागरिकहरुलाई दूरसञ्चार र सूचना प्रविधिको पहँुचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

तीन दिनसम्म ब्याट्री टिक्ने नोकियाको स्मार्टफोन ‘सी३०’ सार्वजनिक

काठमाडाैं । एचएमडी ग्लोबलले ‘सी’ सिरिजमा नयाँ स्मार्टफोन ‘सी३०’ सार्वजनिक गरेको छ । कम्पनीले बिहीवार इन्ट्री लेभलको यो फोन भारतमा सार्वजनिक गरेको हो ।भारतको जियोसँग रणनीतिक साझेदारी गर्दै एचएमडी ग्लोबलले यो फोन बजारमा भित्र्याएको हो । हरियो र सेतो रङमा उपलब्ध यो फोन ३/३२ जीबी र ४/६४ भेरियन्टमा खरिद गर्न सकिन्छ, जसको मूल्य भारतमा क्रमश १०,९९९ भारू र ११,९९९ भारू तोकिएको छ । यो फोनमा एचडी प्लस रेजोलुसनसहित ६.८२ इन्चको ठूलो डिस्प्ले छ । डिस्प्लेको टपमा वाटर ड्रप नच दिइएको छ ।

वाईफाईकाे स्पीड दोब्बर बनाउन अपनाउनुस् यी उपाय

वाईफाईकाे स्पीड दोब्बर बनाउन अपनाउनुस् यी उपाय

काठमाडौं । प्रविधिको बढ्दो प्रयोगसंगै प्राय व्यक्तिको घरमा इन्टरनेट जडान गरिएको हुन्छ । तर कहिलेकाही इन्टरनेट स्लो भइदिंदा यसले तनाव पनि सिर्जना गर्छ । यदि तपाईँको घर या अपिसमा पनि वाईफाईको स्पीडमा समस्या भईरहेको छ भने केहि सजिलो किसिमले तपाईँले त्यसको स्पीड बढाउन सक्नुहुनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad