Namaste Icon

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन् । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया सम्पन्न भइनसकेको परिस्थितिमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०७८।९।१८ को पत्रानुसार कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्यलाई मन्त्रालयको (सचिवस्तरको) निर्णयानुसार निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो । उनले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन, भने पुस १९ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी हुन् ।

नेपाल सरकारको योजना तथा कार्यक्रमलाई सहयोग हुने कार्यक्रमहरु, कम्पनीको सञ्चालक समितिको निर्णय र मार्ग निर्देशनहरु तथा नियामक निकाय लगायत अन्य सरोकारवालाको तर्फबाट प्राप्त हुने सल्लाह, सुझाव, गुनासाहरु छिटो÷छरितो तथा उचित रुपले सम्बोधन गर्ने कार्यमा सबै निर्देशनालय, विभाग, कार्यालयमा कार्यरत कर्मचारी मित्रहरु तथा कम्पनीमा क्रियाशील ट्रेड युनियनका मित्रहरुबाट विगतमा जस्तै सहयोग प्राप्त हुने अपेक्षा गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशकले कम्पनीको उत्तरोत्तर प्रगतितर्फ एकजुट भई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

Ad

सम्बन्धित समाचारहरु

नेपालमा आजदेखि भिभोको भी२३ईकाे बिक्री शुरु, यस्ताे छ मुल्य

काठमाडाैं । भिभोले आफ्नो भी सिरिजको पछिल्लो संस्करण भी२३ई जनवरी १८ मा सार्वजनिक गरेको छ । सार्वजनिक भएयता नेपालीबजारमा उक्त स्मार्टफोन तथा त्यसमा भएको उत्कृष्ट फ्रन्ट क्यामरा फिचरका बारेमा चर्चा निकै चुलिएको छ । भिभोले उक्त स्मार्टफोन प्रि-बूकिङका लागि उपलब्ध गराइएको ४८ घण्टाभित्र १ सयभन्दा बढी सेटहरु प्रि-बूक गरिएको बताएको छ ।

4G LTE  नमस्ते वाईफाईमार्फत द्रुत गतिको डाटा तथा भ्वाइस सेवा

काठमाडौं । एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले 4G LTE नमस्ते वाईफाई विस्तार गर्ने भएको छ । कम्पनीले 4G LTE नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराईरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता सम्पन्न भएको छ । हिजो (२०७८ माघ ५ गते) सम्पन्न सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरे ।

Ad

प्रतिक्रिया दिनुहोस