Namaste Icon

इमरान खानकी पूर्व श्रीमती चढेको कारमाथि गोलीबारी

इमरान खानकी पूर्व श्रीमती चढेको कारमाथि गोलीबारी

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरानकी पूर्व श्रीम्ती रेहम खानको कारमाथि राजधानी इस्लामाबादमा गोली चलाइएको छ । हमलामा उनी बालबाल बाँचेकी छिन् । सोमबार सबेरै रेहम आफैंले सोसल मिडियामा यो घटनाबारे जानकारी दिएकी हुन् । उनले लेखेकी छिन्, ‘म आफ्नो भतिजोको विवाहबाट फर्किरहेकी थिएँ । बाइकमा सवार दुईजनाले सुरुमा मेरो गाडीमा गोलीबारी गरे । पछि बन्दुक देखाउँदै कार रोके । म निकै मुश्किलले अर्को गाडीमा चढेर घर पुगेँ । मेरो घरमा ड्राइभर र सेक्युरिटी गार्ड बाँकी भए । के यही इमरान खानको नयाँ पाकिस्तान हो ? यो त कायर र ठगहरुको मुलुक हो ।’

रेहमले यो पोस्ट सोमबार बिहान १ः५९ मा गरेकी हुन् । रेहमले सोमबार बिहान ९ बजे पुनः अर्को पोस्ट गरिन् । भनिन्, ‘मेरा स्टाफ अहिलेसम्म एक मिनेट पनि सुत्न पाएका छैनन् । उनीहरु शम्स कोलोनी पुलिस स्टेशनमा बसिरहेका छन् र प्रहरीले एफआइआर दर्ता गर्न मानेका छैनन् । मलाई एफआइआरको कपीको प्रतीक्षा छ । यो मुश्किल समयमा साथ दिएकोमा फलोअर्सलाई धन्यवाद । मलाई मृत्युसँग डर लाग्दैन ।’

Ad

सम्बन्धित समाचारहरु

सहारा मरुभूमिमा हिमपात

सहारा मरुभूमिमा हिमपात

काठमाडौं । सहारा मरुभूमिमा हिमपात भएको छ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने सहारा मरुभूमिमा हल्का हिमपात भएको बीबीसीले जनाएको छ । यहाँ सबैभन्दा पहिले सन् १९७९ मा पहिलो पटक हिमपात भएको थियो । त्यतिबेला आश्चर्यजनक मानिएको थियो । तर त्यसयता सन् २०२१, २०१८ र २०१७ मा पनि यहाँ हिमपात भएको थियो ।

अभिनेत्री इस्लामकाे निर्ममतापूर्वक हत्या, बोरामा भेटियो शव

काठमाडौं । केही दिनअघि बेपत्ता भएकी बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमु मृत अवस्थामा फेला परेकी छन् । उनको शव ढाकाको केरानीगञ्जस्थित पुल नजिकै बोरामा फेला परेको थियो । प्रहरी अनुसन्धानमा सो क्षेत्रका स्थानीयवासीले सोमबार कदमटोली क्षेत्रको अलिपुर पुल नजिकै अभिनेत्रीको शव देखेपछि प्रहरी चौकीमा खबर गरेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस