Namaste Icon

सीजी नेटले ल्यायो ‘स्प्रिड मोर गेट मोर’ अफर

सीजी नेटले ल्यायो ‘स्प्रिड मोर गेट मोर’ अफर

काठमाडाैं । सीजी नेटले ‘स्प्रिड मोर गेट मोर’ अफर ल्याएको छ । यो अफरअन्तर्गत १ सय २० एमबीपीएस वा ५० एमबीपीएसको तीन महिने प्याकेज लिने वा अन्यलाई लिन रिफर गर्ने ग्राहकले दश दिन निशुल्क इन्टरनेट पाउनेछन् । त्यस्तै अर्धवार्षिक वा वार्षिक प्याकेज लिदा भने क्रमशः २० दिन र एक महिनाको इन्टरनेट निःशुल्क पाउनेछन ।

सीजी नेटले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि प्रयोगकर्तालाई थप सुविधा दिनेतर्फ ध्यान केन्द्रित गरेको जनाएको छ । सीजी नेटले यसअघि काठमाडौं उपत्यकाका जुनसुकै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन आफुहरु सक्षम रहेको जानकारी दिएको थियो ।

९ सय ९९ रुपैयामा १२० एमबीपीएस गति सहितको योजनाले सुरुवातबाटै चर्चा बटुल्न सफल सीजी नेटले ६ सय ४९ रुपैयाँमा ५० एमबीपीएसको गतिमा इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ पनि ल्याएको छ।

नयाँ प्याकेज ल्याएपछि बजारमा माग व्यापक बढेको कम्पनीले जनाएको छ । त्यस्तै सीजी पे एपमार्फत गरेको भुक्तानीमा थप ३ प्रतिशत क्यासब्याक पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

नेपालमा आजदेखि भिभोको भी२३ईकाे बिक्री शुरु, यस्ताे छ मुल्य

काठमाडाैं । भिभोले आफ्नो भी सिरिजको पछिल्लो संस्करण भी२३ई जनवरी १८ मा सार्वजनिक गरेको छ । सार्वजनिक भएयता नेपालीबजारमा उक्त स्मार्टफोन तथा त्यसमा भएको उत्कृष्ट फ्रन्ट क्यामरा फिचरका बारेमा चर्चा निकै चुलिएको छ । भिभोले उक्त स्मार्टफोन प्रि-बूकिङका लागि उपलब्ध गराइएको ४८ घण्टाभित्र १ सयभन्दा बढी सेटहरु प्रि-बूक गरिएको बताएको छ ।

4G LTE  नमस्ते वाईफाईमार्फत द्रुत गतिको डाटा तथा भ्वाइस सेवा

काठमाडौं । एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले 4G LTE नमस्ते वाईफाई विस्तार गर्ने भएको छ । कम्पनीले 4G LTE नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराईरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता सम्पन्न भएको छ । हिजो (२०७८ माघ ५ गते) सम्पन्न सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरे ।

Ad

प्रतिक्रिया दिनुहोस