Namaste Icon

वंगलादेश जाने खेलाडीलाई बिदाई गर्दै खेलकुद मन्त्रीले भने, ‘खेलाडीहरुको सम्मानकालागि सरकार गम्भीर छ’

वंगलादेश जाने खेलाडीलाई बिदाई गर्दै खेलकुद मन्त्रीले भने, ‘खेलाडीहरुको सम्मानकालागि सरकार गम्भीर छ’

काठमाडौं । बंगलादेशमा हुने ‘बंगबन्ध शेख मुजीवबन्धु म्याराथन’ प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुलाई बिदाई गरीएको छ । बिहिबार युवातथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडी तथा प्रशिक्षकलाई बिदाई गरेका हुन् । मन्त्रालयको सभाहलमा आयोजित बिदाई कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिए । बिगतमा दौडिएरै राजाहुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै शक्तिले हराउन नसक्ने बताउँदै मन्त्री अथकले नेपाली खेलाडीहरु ट्रफि बोकेरै स्वदेश फर्कनेमा आफु विश्वस्त रहेको उल्लेख गरे ।

पछिल्लो समय खेलाडीहरुको सम्मानकालागि सरकार गम्भीर भएको बताउँदै मन्त्री अथकले भने, ‘हामी पुरस्कार तथा सम्मानकार्यविधिबनाउँदैछौं, जसमार्फत खेलाडीहरुलाई पुरस्कारको अग्रिम सुनिश्चितताको ब्यवस्था हुनेछ ।’ जनवरी १० (पौष २६) गते बंगलादेशमाहुने म्याराथनमा १५ राष्ट्रको सहभागीता हुने नेपाली टीमका प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए । ४२ किलोमिटर दुरीको फुल म्याराथन प्रतियोगितामा सहभागी हुन गुरुङको नेतृत्वमा नरेन्द्र सिंह रावत, किरण बोगटी र पुष्पा भण्डारी बंगलादेश जानलागेका हुन् ।

Ad

सम्बन्धित समाचारहरु

रशिला महर्जन सातौं वरीयतामा

रशिला  महर्जन  सातौं वरीयतामा

काठमाडौं । राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै सार्वजनिक गरेको विश्व बरियतामा जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् । जुनियर महिला एकलतर्फ १९औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन् ।

राष्ट्रिय महिला लिग स्थगित

राष्ट्रिय महिला लिग स्थगित

काठमाडौं । यही माघ १५ गतेदेखि शुरू हुने भनिएको राष्ट्रिय महिला लिग फुटबल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक सूचना सार्वजनिक गर्दै महिला लिग स्थगित भएको जनाएको छ । एन्फाले यसअघि कार्यसमितिको बैठकबाट महिला राष्ट्रिय लिग उपयुक्त स्थनमा माघ १५ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । तर कोभिड १९ को कारण अर्को सूचना जारी नभएसम्मका लागि लिग स्थगित गरिएको एन्फाले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस