Namaste Icon

अमेरिकामा एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको ज्यान गयो

अमेरिकामा एक भवनमा आगलागी  हुँदा ८ बालबालिकासहित १२ जनाको ज्यान  गयो

काठमाडाैं । अमेरिकाको फिलाडेल्फिया शहरको एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । भवनमा २६ जना बस्दै आएका थिए । आगलागीका बेला भवनमा रहेका अरु आठ जनाले भागेर ज्यान जोगाएका छन् । आगलागीको समयमा बज्ने सङ्केत घडीले काम नगरेपछि आगो निभाउन ढिलाइ भएको उद्धारकर्मीले जनाएका समाचार संस्था एपीले जनाएको छ । विद्युत् सर्ट भइ आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भवनको धेरैजसो भागमा क्षति भएको छ ।

Ad

सम्बन्धित समाचारहरु

सहारा मरुभूमिमा हिमपात

सहारा मरुभूमिमा हिमपात

काठमाडौं । सहारा मरुभूमिमा हिमपात भएको छ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने सहारा मरुभूमिमा हल्का हिमपात भएको बीबीसीले जनाएको छ । यहाँ सबैभन्दा पहिले सन् १९७९ मा पहिलो पटक हिमपात भएको थियो । त्यतिबेला आश्चर्यजनक मानिएको थियो । तर त्यसयता सन् २०२१, २०१८ र २०१७ मा पनि यहाँ हिमपात भएको थियो ।

अभिनेत्री इस्लामकाे निर्ममतापूर्वक हत्या, बोरामा भेटियो शव

काठमाडौं । केही दिनअघि बेपत्ता भएकी बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमु मृत अवस्थामा फेला परेकी छन् । उनको शव ढाकाको केरानीगञ्जस्थित पुल नजिकै बोरामा फेला परेको थियो । प्रहरी अनुसन्धानमा सो क्षेत्रका स्थानीयवासीले सोमबार कदमटोली क्षेत्रको अलिपुर पुल नजिकै अभिनेत्रीको शव देखेपछि प्रहरी चौकीमा खबर गरेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस